दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

रूपन्देहीको सम्मरीमाईमा २२ वर्षीया महिला जलेको अवस्थामा मृत फेला

रुपन्देहीमा एक महिला जलेको अवस्थामा मृत फेला परेकी छन् । जिल्लाको समरीमाई गाउँपालिका वडा नम्बर ५, थुम्हावा पाण्डे डीहगाउँ नजिकै आइतबार बिहानपख स्थानीय २२ वर्षीया सिर्जना पाल जलेको अवस्थामा मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले राति पौने दुई बजे महिला चिच्याइरहेको आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेको र घटनास्थलमा प्रहरी पुग्दा महिला मृत भेटिएको जनाए । ‘राति १ः४० बजे खेतमा महिला चिच्याएको र खेतमा आगोको मुस्लो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मुस्लोमा पालको शव जलेको अवस्थामा मृत भेटिएको हो’, सापकोटाले भने, ‘घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ ।

डीएसपी सापकोटाका अनुसार सिर्जना आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा जलेको अवस्था भेटिएकी थिइन् । सिर्जना मृत भेटिएको स्थान दानव नदी छेउमा पर्छ । प्रहरीले घटनापछि सिर्जनाका श्रीमान् र परिवारका सदस्यसहित स्थानीयलाई सोधपुछ गरिरहेको छ ।

सापकोटाका अनुसार सिर्जनाका श्रीमान् प्रमोद पाल र घररिवारका सदस्यमाथि सोधपुछ भइरहेको छ । यस्तै, उनका माइती पक्षलाई पनि बोलाएर सोध भइरहेको छ । ‘घटनाबारे प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ’, उनले भने, ‘अहिले अनुसन्धानकै क्रममा रहेकाले हत्या वा आत्हत्या भन्न सकिँदैन ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित