तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा

एकै ठाउँमा छाला, यौन र स्त्री रोग विशेषज्ञ सेवा प्रदान गर्ने गरी बुटवल हस्पिटललाइनमा आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा आएको छ । आधुनिक प्रविधि, विशेषज्ञ चिकित्सहरुको टिमले लेजर थेरापीबाट उपचार दिने गरी गरी एक करोड लगानीमा आरोग्य स्पर्श क्लिनिक सञ्चालनमा आएको हो ।

छाला, यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटा, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बिन्दु खरेल र अर्को स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. शीला ढकाल सहितको टीमले सेवा दिनेछ । यौन रोग तथा कुष्ठरोग विशेषज्ञ डा. मनोज सापकोटाले छाला, यौन रोग तथा कस्मेमिट लेजर विशेषज्ञ सेवा अत्याधुनिक सेवा प्रदान गरिने बताए ।

कृत्रिम बुद्धिमतामा आधारित छाला विशेषज्ञ प्रविधि, छालाका समस्याहरुको विस्मृत डिजिटल परीक्षण, लेजर प्रविधिबाट दागहरु हटाउने, टयाटु हटाउने, कपाल प्रत्यापरोप, कपालको जिएफटी थेरापी लगायतका सेवा दिइने बताए । स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.बिन्दु खरेलले लेजर थेरापीबाट गाइनोकोलोजिष्टको उपचार गरिने बताइन ।

साथै उनले निसन्तानको उपचार, गभवर्तीको सम्पूर्ण जाच गरिने बताइन् । उनले गाइनो सम्बन्धी खुलेर आफ्नो समस्या भन्न नसक्नेलाई लेजर प्रविधिबाट उपचार गरिने डा. खरेलेको भनाइ छ ।

क्लिनिकमा सञ्चालनको अवसरमा निःशुल्क बहिरंग सेवा उपलब्ध गराइएको छ । त्यस्तै विपन्न र असाहयका लागि नि शुल्क उपचार समेत गरिने डा.सापकोटाले बताए । क्लिनिकको औपचारिक उद्घाटन शनिबार हुनेछ । आरोग्यका अत्याधुनिक सेवाहरुले यस क्षेत्रको स्वास्थ्यमा सेवामा नयाँ आयाम थपेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित