तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सुनवलमा कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या

पश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन् ।

सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारुले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेमराजले बुबा जयराम थारूको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि उनले छिमेकी नाथु धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

हत्याको कारण हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान जारी रहेको र हेमराज थारूलाई नियन्त्रणमामा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीमा राखी सोधपुछ भइरहेको पौडेलले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित