कान्ति माध्यमिक विद्यालय अनुसन्धान तथा विकास एकाईकाे आयाेजनामा विज्ञान विषयका शिक्षकहरुका लागि विज्ञान प्रयाेगशाला सुरक्षा व्यवस्थापन “ISO/IEC – 17025 and Laboratory Safety” सम्बन्धि तीन दिने शैक्षिक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
तीन दिने शैक्षिक प्रशिक्षण कार्यक्रममा कञ्चन कुमार नायक र केशब पाैडेल दुई जना प्रशिक्षकहरुले प्रशिक्षण दिनेछन् । उद्घाटन शत्रमा प्रमुख अतिथिको मनतव्य राख्दै प्रमुख अतिथि विद्यालयका सहायक प्राधानाध्यापक केदारनाथ ज्ञवालीले कार्यशालाबाट सिकेका सम्पूर्ण कुराहरुलाई दैनिक कक्षा शिक्षणमा कक्षाकाेठामा प्रयाेग नगरिएमा पेसागत ईमानदारीता नहुने बताए ।
कान्ति मा वि सामुदायिक माध्यमिक विद्यालयतर्फ कक्षा ११ र १२ मा विज्ञान समुहमा देशभरमा धेरै विद्यार्थीहरु रहेकोले आगामी दिनमा देशमै शैक्षिक उत्कृष्टता प्राप्ति गर्नका लागि कार्यक्रम गरिएको उनले बताए ।

कार्यक्रमका अध्यक्ष गाेविन्द ज्ञवालीले विद्यार्थीलाई वर्तमान विश्व परिवेश सुहाउँदो तरिकाले शिक्षणमा वैज्ञानिकता र व्यवहारिकता जाेड्दै अगाडि बढाउनका लागि याे कार्यक्रम निकै प्रभावकारी रहने बताए ।
शिक्षक सधैंभरि आफ्नो पेसाका नविनतम साेचका बारेमा अध्याविधक हुनु पर्ने बताउदै अबका दिनमा अध्ययन अनुसन्धानमा रुचि नराख्ने व्यक्तिले प्रभावकारी शिक्षण गर्न नसक्ने भएकोले कान्तिका शिक्षक हरेक क्षेत्रमा पहिला भन्ने अभियान अन्तरगत याे कार्यक्रम गरिएको उनले बताए ।
कार्यक्रम कक्षा ११/ १२ विज्ञान विषय समुहका संयोजक माेहन भट्टराईकाे सञ्चालनमा उद्घाटन समारोह सञ्चालन भएको थियाे । प्रशिक्षण कार्यक्रमकाे सहजीकरण विद्यालयका शिक्षक डा उमेश न्याैपानेले गरेका छन् ।










