तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा ज्ञवाली

राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीको अध्यक्षमा बुद्ध टेलिभिजन बुटवलका उपाध्यक्ष गोपाल ज्ञवाली चयन भएका छन् ।

लुम्बिनीमा आइतबार सम्पन्न अधिवेशनले उपाध्यक्षमा अर्जुनराज उपाध्याय, सचिवमा सन्तोष बस्याल, कोषाध्यक्षमा आरके सित्तल, सहसचिवमा थानेश्वर घिमिरेलाई चयन गरेको हो । त्यस्तै, सदस्यहरुमा जीवन अधिकारी, पोमनारायण पौडेल, श्री रायमाझी, रिता केसी र संगीता भण्डारी रहेका छन् ।

संघले शनिबार र आइतबार दुई दिन लुम्बिनीमा टेलिभजनहरुको राष्ट्रिय कार्यशाला गोष्ठी पनि गरेको थियो । गोष्ठीले देशभारका टेलिभिजनहरुसँग सहकार्य गर्ने र टेलिभिजनका समस्याहरुको सन्दर्भमा एकता गरेर अघि बढ्ने निष्कर्ष निकालेको छ । कार्यशाला एवं अधिवेशनको लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार उद्घाटन गर्दै लुम्बिनीको महत्त्व अन्तर्राष्ट्रियस्तरमा फैलाउन सञ्चारमाध्यमहरूले महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका थिए ।

कार्यशालामा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री, वर्तमान मन्त्रीहरु, संघीय सांसद, प्रदेश सांसद, देशभरका टेलिभिजन सञ्चालकहरुको सहभागिता रहेको थियो । नवनिर्वाचित अध्यक्ष ज्ञवालीले टेलिभिजनहरुको प्रवर्द्धनको लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित