तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पाल्पामा यार्साजस्तै वस्तु भेटिएपछि सर्वसाधारणलाई जंगल प्रवेश निषेध !

पाल्पाको रम्भा गाउँपालिका-३ पिपलडाँडाको रिमिघा वनमा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि सर्वसाधारणलाई प्रवेशमा निषेध गरिएको छ ।

जंगल क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्सागुम्बाजस्तै वस्तु भेटिएको हो । फेला परेका ती जडिबुटी प्रयोगशाला परीक्षणका क्रममा रहेकाले रिमिघा जंगल क्षेत्रमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले जानकारी दिए ।

गएको शुक्रबार रमिघा लेकमा खाल्डा खन्ने क्रममा पोसपाखा सामुदायिक वनको क्षेत्रमा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेका थिए ।

ती वस्तुको प्रयोगशाला परीक्षणको कार्य जारी रहेको हुँदा अर्को सूचना नभएसम्मका लागि जंगल क्षेत्रमा प्रवेश नगर्न, नगराउन सार्वजनिक रूपमा अनुरोध गरिएको अध्यक्ष भण्डारीको भनाइ छ ।

डिभिजन वन कार्यालयले कर्मचारी खटाएर संकलन गरी तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाएको कार्यालय प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए ।

रम्भा गाउँपालिकाका कर्मचारीलाई पत्र र नमूना दिएर ललितपुर पठाइसकेको उनले बताए । रिमिघा लेक १ हजार ८ सय मिटरको उचाइमा रहेको छ ।

यार्साको जमिनमुनिको भाग ४ मिलिमिटर मोटो र ४ सेन्टिमिटर जति लामो हुन्छ । माथिको भाग मसिनो ५–६ सेन्टिमिटर जति लामो हुन्छ ।

उचाइ अनुसार नमिले पनि प्रजाति उस्तै र यार्साकै आकार र रङ भएकाले अनुसन्धानका लागि पठाइएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित