तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दाउन्ने सडक पूर्ण अवरुद्ध

बिहीबार रातिदेखि परेको पानीको कारण दाउन्ने सडक खण्ड पूर्ण अवरुद्ध भएको छ ।

बर्दघाट नगरपालिका वडा नम्बर ४ अन्तर्गत पर्ने खुर्सानी खोला नजिकैको बाटो भस्किएपछि सडक अवरुद्ध बनेको हो ।

बर्दघाट बजार देखी करिब ३ किलोमिटर पश्चिम खुर्सानी खोला क्षेत्रमा करिब ८ मिटर सडक भस्किएको र सडक स्तरोन्नतिको क्रममा गरिएको ढलान समेत उप्किएको अस्थायी ट्राफिक प्रहरी कार्यालय बर्दघाटका प्रमुख प्रहरी नायव निरीक्षक तिर्थराज भुसालले जानकारी दिए ।

खोर्सानी खोलामा आएको बाढीको कारण पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको तरकारी बोकेको लु३ च ८४९३ नम्बरको बलेरो जिप समेत बगाएको छ ।

जिप बगाए पनि कुनै पनि मानवीय क्षति भने नभएको भुसालले जानकारी दिए । शुक्रबार राती करिब २ बजेबाट अवरुद्ध सडक बिहान सम्म पनि सञ्चालनमा आउन सकेको छैन ।

भस्किएको सडक मर्मत गरी सवारी सञ्चालनको कोसिस गरिए पनि सडक पुनः दबिएपछि एकतर्फी सामान्य सञ्चालनमा भएको प्रयास पनि रोकिएको छ । दाउन्ने सडक खण्ड केहिदिन अघि आंशिक रूपमा बन्द गरेर सडक निर्माण कार्य भइरहेको थियो । पछिल्लो समय सामान्य वर्षामा समेत कहिले सडक चिप्लो त कहिले पहिरोको कारण अवरुद्ध हुँदै आइरहेको छ । गए राती देखी नै सडक अवरुद्ध हुँदा यो सडक हुँदै सञ्चालन हुने सवारीहरू रोकिएका छन् । अहिले पश्चिमबाट पूर्व जाने सवारी बर्दघाट र पूर्वबाट पश्चिम आउने सवारी दुम्किबास ज्यामिरेमा रोकिएका छन् । सोही स्थानमा गत शुक्रबार समेत सडक भासिए पछि पूर्ण रूपमा अवरुद्ध बनेको सडक करिब ११ घण्टापछि सवारी सञ्चालनमा आएको थियो

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित