दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बुटवलमा आमा र २ बच्चाको बीभत्स हत्या, हत्याको अभियोगमा पूर्व श्रीमान् पक्राउ

बुटवल – बुटवल होराईजनचौकमा आमा र २ बच्चाको विभत्य रूपमा हत्या भएको छ । बुटवल ११ होराइजनचोक नजिकै मिलीजुली पथमा अन्दाजी २७ वर्षीय दीपा बस्याल, उनका छोरा र छोरीलाई घाँटी अठ्याएर विभत्य ढंगले हत्या गरिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले बिहान पूर्व श्रीमानले पूर्व श्रीमती र २ जना बच्चाहरूको हत्या भएको पुष्टि गरे । हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३०÷३२ वर्षका सुजन कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डिभोर्स भएर अर्केसङ विवाह गरी गएकी पूर्व श्रीमतीलाई पूर्व श्रीमानले आफ्नै घरमा बोलाई आज बिहान अन्दाजी ४ बजेतिर घटना घटाएको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार १० वर्षअघि नै सम्बन्ध विच्छेद भइसकेको थियो ।

डिएसपी रानाले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताए । हत्या गर्ने अभियुक्त आफ्नै दाजु मारेर जेल बसी केही वर्ष अघि संविधान दिवसको दिन आम माफी पाएर छुटेको स्थानीयले बताएका छन् । घटनाकाे विस्तृत विवरण आउन बाँकी छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित