कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

बर्दियामा गएराति दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते छन्।

शनिबार राति साढे ११ बजेतिर मधुबन नगरपालिका–८ लालसिंहचोकस्थित सडकमा दुई वटा मोटरसाइकल ठोक्किएका हुन्र

दुर्घटनामा परी मधुबन नगरपालिका–८ लालिबजारका ३२ वर्षीय टंकबहादुर बिसी र गुलरिया नगरपालिका–२ का देवानन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरू दुबै जनाको जिल्ला अस्पताल गुलरियामा मध्यराति मृत्यु भएको हो।

दुर्घटनाका अर्का गम्भीर घाइते गुलरिया नगरपालिका–२ का ३३ वर्षीय अनुपम यादवलाई भने बर्दियामा उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङहोममा पुर्‍याएर उपचार जारी छ।

सानोश्रीबाट गुलरिया तर्फ जाँदै गरेको देवानन्द यादबले चलाएको भे १३ प २६६९ मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको टंकबहादुर बिसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

मृतकको दुवै जनाको शव पोष्टमर्टम पछि आइतबार दिउँसो आफन्तले बुझेको डिएसपी पालले बताए।

रातिको समयमा तीव्र गतिका मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीको भनाइ छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित