रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बर्दियामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

बर्दियामा गएराति दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते छन्।

शनिबार राति साढे ११ बजेतिर मधुबन नगरपालिका–८ लालसिंहचोकस्थित सडकमा दुई वटा मोटरसाइकल ठोक्किएका हुन्र

दुर्घटनामा परी मधुबन नगरपालिका–८ लालिबजारका ३२ वर्षीय टंकबहादुर बिसी र गुलरिया नगरपालिका–२ का देवानन्द यादवको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी चक्रडम्मर पालले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरू दुबै जनाको जिल्ला अस्पताल गुलरियामा मध्यराति मृत्यु भएको हो।

दुर्घटनाका अर्का गम्भीर घाइते गुलरिया नगरपालिका–२ का ३३ वर्षीय अनुपम यादवलाई भने बर्दियामा उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङहोममा पुर्‍याएर उपचार जारी छ।

सानोश्रीबाट गुलरिया तर्फ जाँदै गरेको देवानन्द यादबले चलाएको भे १३ प २६६९ मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको टंकबहादुर बिसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।

मृतकको दुवै जनाको शव पोष्टमर्टम पछि आइतबार दिउँसो आफन्तले बुझेको डिएसपी पालले बताए।

रातिको समयमा तीव्र गतिका मोटरसाइकल आपसमा ठोक्किएको प्रहरीको भनाइ छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित