युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

सर्वोच्चको आदेशमा समेत आफ्नो नाम पुनः समावेश भएको भन्दै पहराईको आपत्ति

रास्वपा सभापति रवि लामिछानेको विरूद्वमा जाहेरी नदिएको बताउँदै आएका रूपन्देहीका नारायण पहराईले सर्वोच्चको आदेशमा समेत आफ्नो नाम पुनः समावेश भएको भन्द‌ै आपत्ति जनाएका छन् ।

रविलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिने क्रममा सर्वोच्चले ‘नारायणबहादुर पहराईसहितको जाहेरी’ उल्लेख गरेको छ । जबकि पहराईले कसैविरुद्ध उजुरी नै नदिएको बताउँदै आएका छन् ।

सुप्रिम सहकारीबाट पीडित पहराईको रविविरूद्वको जाहेरीमा रहेका ४४ जनामध्ये पहिलो नम्बरमा नाम रहेको छ । आफू सहकारीपीडित भए पनि लामिछानेविरुद्ध जाहेरी नदिएको भनेर पटक–पटक सार्वजनिक गर्दै आएका नारायण पहराईले रविलाई पुर्पक्षका लागि थुनामै राख्ने उच्चको आदेश सर्वोच्चले सदर गरेपछि पुनः आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

रविविरुद्धको मुद्दामा प्रहरी र राज्यसंयन्त्रले आफूलाई जबर्जस्ती तानेको र आफ्नै कारण उनी थुनामा गएका भए पापको भारी बोक्न नसक्ने भन्दै पीडा भएको भन्दै शनिबार राति फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

‘म जाहेरीकर्ता होइन, मलाई प्रहरी र राज्यसंयन्त्रले जबर्जस्ती मुद्दामा तानेको छ । तर, सर्वोच्चको आदेशमा समेत मेरै नाम उल्लेख गरी वादी बनाएर राखिएको रहेछ,’ उनले लेखेका छन्, ‘मेरै कारणले रवि लामिछाने थुनामा परेका हुन् भने म यो पापको भारी बोक्न चाहन्नँ । कृपया दया गरी मेरो नाम उजुरीकर्ताबाट हटाइदिनुहुन विनम्र अनुरोध गर्दछु ।’

सुप्रिम बचत तथा ऋण सहकारीको पीडितमध्ये एक पहराईले आफ्नो सादा निवेदनलाई सहमतिविना जाहेरी बनाइएको दाबी गर्दै आएका छन् । ‘मैले यसअघि पनि जानकारी गराइसकेको थिएँ कि म जाहेरीकर्ता होइन, सादा निवेदनलाई जाहेरी बनाएर मेरो नाम दुरुपयोग गरियो,सयौँ पीडितमध्ये किन मेरो निवेदनलाई मात्र जाहेरीका रूपमा लिइयो रु के मलाई यो देशमा बाँच्ने अधिकार छैन रु विदेश नै जानुपर्ने हो रु किन मप्रति सरकारले प्रतशोध साँध्दै छ रु’ उनले लेखेका छन् ।

यो घटनाले उजुरीकर्ताको नाम प्रयोगमा रहेको प्रक्रिया, सहमति र वैधानिकतामाथि नै प्रश्न उठाएको छ ।

पहराईले आफूमाथि भएको अन्यायविरुद्ध न्याय खोजिरहेको पनि बताएका छन् । यसअघि पहराईले यस्तो धारणा सार्वजनिक गरेपछि उजुरीकर्ताको १६ नम्बरमा नाम रहेकी गीता आचार्य र ६ नम्बरमा नाम रहेकी पूजा न्यौपानेले पनि आफूहरूले सहकारीमा डुबेको रकम उठाउन निवेदन दिएको तर लामिछानेविरूद्वको जाहेरीमा प्रहरीले दुरूपयोग गरेको भन्दै हटाउन माग गरेका थिए ।

तर, यति लामो अनुसन्धानका क्रममा नबोलेका उनीहरू अहिले लामिछाने कारागार गएपछि कसरी बोली फेरे भन्ने विषयमा सबैलाई आश्चर्यमा पारेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित