तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु)

बुटवल । सामाजिक सेवामा विगत ५ बर्ष देखि समर्पित तिलोत्तमा–३ स्थित मिरा कोषले लुम्बिनी प्रादेशिक अस्पताल परिसरमा विरामी र आफन्तलाई मध्यनगर गर्दै खानेपानी र फलफुल वितरण गरेको छ ।

कोषका अध्यक्ष हेमलाल शर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत खानेपानी र फलफुल वितरण गरिएको बताए । कोषले १ सय कार्टुन खानेपानी र अर्थो वार्डमा रहेका ५२ जना विरामी र विरामीका आफन्तलाई फलफुल, जुस, विस्कुट र पानी वितरण गरेको अध्यक्ष शर्माले बताए ।

उनले आगामी दिनमा कोषले अझ बढि रचनात्मक कार्य गर्दै जाने प्रतिबद्धता समेत जनाए ।

खानेपानी तथा फलफुल वितरण कोषका महासचिव रामचन्द्र पौडेल, लुम्बिनी प्रादेशिक अस्पतालका प्रशासकिय प्रमुख राजन केसी, समाजसेवी हुमनाथ ज्ञवाली, शिवलाल भुसाल, कोषका कोषाध्यक्ष केशव भुसाल, सदस्यहरु एनिका श्रेष्ठ, रितिका तिवारी, आर्जित गिरी लगाएतले खानेपानी र फलफुल वितरण गरेका थिए ।

कोषले समय समयममा आश्रमहरुमा खाद्यान्य वितरण, सरसफाई, विपत्तको समयमा राहत कोषमा रकम प्रदान गर्दै आइरहेको छ ।

समाजमा उदाहरणिय काम गर्दै आएको कोषले आगामी दिनमा स्वास्थ्य सचेतनामुलक कार्यक्रम, सरसफाई, सहयोग वितरणका कार्यक्रम गर्दै जाने अध्यक्ष शर्माले बताए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित