भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न

बुटवल । बुटवल सुख्खानगरमा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयमा नमुना निर्वाचन २०८२ कार्यक्रम गरेको छ ।

विद्यार्थीलाई लोकतान्त्रीक निर्वाचन अभ्यास र निर्वाचन प्रकृयाबारे विद्यालयमै ब्यवहारिक ज्ञान दिने उद्देश्यले अक्सफोर्डले मंगलबार नमुना निर्वाचन कार्यक्रम गरेको हो ।

नमुना निर्वाचन कार्यक्रम अन्तरगत निर्वाचन प्रकृया, उम्मेदवारी दर्ता, उम्मेदवारमाथी दावी विरोध, निर्वाचन आचार संहिता, उम्मेदवार छनोट, मतदान लगायतका गतिविधिहरु गरेर विद्यालयमा नुमना निर्वाचन कार्यक्रम गरिएको विद्यालयका प्राचार्य दिनेश भुसालले जानकारी दिए ।

विद्यार्थीलाई वर्तमान देशको अवस्था र जनताका प्रतिनिधीहरु कसरी चुनिनछन् भन्ने बारे प्रत्येक्ष जानकारी गराउने उद्देश्यले विद्यार्थीको प्रत्येक्ष सहभागितामा नमुना निर्वाचन कार्यक्रम गरिएको उल्लेख गर्दै प्राचार्य भुसालले नमुना निर्वाचनसँगै, अदालती अभ्यास, संसदीय अभ्यास, विद्यालयमा मेयर, उपमेरलगायतका कार्यक्रमहरु पनि निरन्तर गर्दै आएको बताए ।

विद्यालय संचालक समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षतामा भएको नमुना निर्वाचन कार्यक्रम २०८२ र लोकतान्त्र र संविधान विषयक विद्यार्थी अभिमुखिकरण कार्यक्रममा बुटवल वडानम्बर ८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनीले अहिलेको अवस्थामा असल र सहि प्रतिनिधी चुन्ने समय भएको बताए । उनले सहि नेतृत्व चुनेमा त्यसको प्रभाव सकारात्मक हुने भएकाले लोकतान्त्रीक निर्वाचन प्रणालीमा प्रतिनिधि चुन्ने अधिकार स्वयम्लाई हुने भएकाले असल, सहि र जनउत्तरदायि नेतृत्व चुन्नु अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा शाखाका अधिकृत यादवचन्द्र विष्ट, अभिभावक संघ लुम्विनी प्रदेश अध्यक्ष हेम थापा, अक्सफोर्ड कलेज संचालक समितिका अध्यक्ष अजित खनाल, क्याम्पस प्रमुख मनोज मरासिनी, सिद्धबाबा मावि तम्घासका प्राचार्य डोरविक्रम श्रीस, प्राध्यापक सुमन भुसाल, रवि अर्याललगायतले विद्यार्थीकालागि नुमना निर्वाचनमा सहभागि बनाउनु उदाहरणीय कार्य भएको भन्दै निर्वाचनको परिवेक्षण गर्नु गरेका थिए ।

कक्षा पाँचदेखि नौसम्मका विद्यार्थीहरुले कक्षागत मोनिटर, विभिन्न सदन संयोजक र कक्षा पाँचदेखि नौसम्मका विदार्थीले आआफ्ना लिडरलाई चुन्ने गरि नमुना निर्वाचन गराइएको शिक्षक लक्ष्मण घिमिरेले जानकारी दिए । विद्यालयका सहप्राचार्य मोहन क्षेत्री निर्वाचन अधिकृत रहनु भएको निर्वाचन कार्यक्रममा विद्यालय प्रिफेट, हाउस क्याप्टेन, भाइस क्याप्टेन, तहगत विद्यालय प्रिफेट गरि १० पदकालागि ४६ जना विद्यार्थीहरुले दिएको उम्मेदवारीमा नमुना निर्वाचन कार्यक्रम भएको शिक्षक कपिल ढकालले जानकारी दिए। सोही कार्यक्रमको अवसर पारेर निर्वाचनमा सहभागि विद्यार्थीहरुलाई लोकतन्त्र, संविधान र निर्वाचन प्रकृया विषयक एक दिने अभिमुखिकरण कार्यक्रम समेत गरिएको विद्यालयले जनाएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित