तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

गार्गी एकेडेमीमा स्वागत तथा अभिमुखीकरण कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल–११ देवीनगरस्थित गार्गी एकेडेमीले शनिबार विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरेको छ ।

विद्यालयमा भर्ना भएका ५१२ जना नयाँ विद्यार्थी र अभिभावकलाई अभिमुखीकरण गरेको हो । कार्यक्रममा प्रशिक्षण गर्दै विद्यालयका प्राचार्य भुवन अधिकारीले अभिभावकले आफ्ना बालबच्चालाई प्रयाप्त समय दिन आग्रह गरे ।

‘बालबच्चाले पढन मानेन भन्ने होइन’ उनले भने, ‘आफूले आफ्नो बच्चालाई कस्तो व्यवहार गरिराखेको छु भन्ने कुरा महत्वपूर्ण हो । बच्चालाई मायालु ब्यबहार गर्ने, उनीहरुसँग खेल्ने, प्रेरणा र हौशला दिने, स्वास्थ्यमा पनि ध्यान दिदै जंक फूड खानबाट टाढा राख्नुपर्छ ।’ प्राचार्य अधिकारीले बच्चालाई मोबाइल हेर्न बानीमा परिवर्तन ल्याउन अभिभावक आफूले कहिल्यै पनि बच्चाको अगाडि मोबाइल नर्हेन सुझाव दिए ।

कार्यक्रममा अभिभावक संघ, रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवालीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अभिभावकले समयसापेक्ष र फलदायी बनाउन आफू बढी जिम्मेवार बन्नुपर्ने बताए । ज्ञवालीले गार्गीले विद्यार्थीको रूचि र चाहना अनुसार अध्ययन अध्यापन गराइरहेको बताए ।

कार्यक्रममा विद्यालयका अध्यक्ष झबिन्द्र अधिकारीले विद्यालयले विद्यार्थी र अभिभावक सबै पक्षबीचको सामूहिक प्रयासकै अघि बढदै आएको बताए । विद्यालयका सल्लाहकार राजेन्द्र ढकालले विद्यार्थीप्रति समर्पित प्रशासन, पेशाप्रति लगनशील शिक्षक, अनुशासित र मेहनती विद्यार्थीको कसिलो सम्बन्धको कारण गार्गी सबैको रोजाइँमा परेको बताए । कार्यक्रममा विद्यालयका सञ्चालक लोकराज शर्मा, सल्लाहकार भरत पाठक लगायतले बोलेका थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका मावि संयोजक समिर अधिकारीले गरेका थिए । अभिमुखीकरण कार्यक्रममा विद्यार्थीले विभिन्न कला प्रस्तुत गरेका थिए । विद्यालयमा २ हजार ५०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित