दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

समाजसेवी तिलप्रसाद भट्टराईको सहयोगमा अक्षय तृतीया विशेष कार्यक्रम

बुटवल । आज अक्षय तृतीया । अक्षय तृतीया दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजको तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनवाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ ।

आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएकाले आजको दिन बिशेष रूपमा लिइने गरिन्छ । राजा भगीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन भने यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए ।

यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत लगायतका हिन्दु धर्मालम्बीहरूले जौको सातु खाएर वा दान दक्षिणा दिएर यो पर्ब मनाएका छन् । अक्षय तृतीयामा मुख्यत सातु खाने चलन रहि आएको छ । यस दिनमा जुन गहुंलगायतवाट बनेका सातु खाने चलन छ । यसले शितलतासमेत दिने भएकाले हिन्दु धर्ममा जुनलाई पवित्र मानिन्छ ।

बढ्दो गर्मीलाइ शीतलता प्रदान गर्न जौ, मकै, गहुं आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको सातु खाने चलन छ । आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवानको निवास हुने मान्यता छ । यसैबीच बुटवलका समाजसेवी तिलप्रसाद भट्टराई, गिरीसरा भट्टराई र लोकनाथ भट्टराईको विशेष सहयोगमा अक्षय तृतिया विशेष कार्यक्रम गरिएको छ ।

बुटवलको रामनगर स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल नजिकै विरामीका आफन्त, स्थानिय, विद्यार्थीहरुलाई सातु, मही, जुस खुवाएर विशेष कार्यक्रम गरिएको थियो । रोटरी क्लव अफ सेन्ट्रल बुटवलमा समेत आबद्ध रहेका तिलप्रसाद भट्टराईले वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले अक्षय तृतिय पर्वको महत्व रहेको भन्दै आफुहरुले विशेष कार्यक्रमको आयोजना गरेको बताए ।

त्यस्तै बुटवलका चोक चोकमा पनि विभिन्न संघसंस्था, समुहहरुले पनि सडकमा हिडडुल गर्नेहरुलाई सर्वत र सातु वितरण गरेका थिए । बुटवल योगिकुटीको देवस्थल मन्दिर समितिले पनि मन्दिर परिसरमै सर्वत र सातु वितरण गरेको थियो । अक्षय तृतीयाको दिन भगवान विष्णु र देवी लक्ष्मीले खरिद गरेको सुन र लगानीले स्वयम रक्षा र वृद्धि गर्ने जनविश्वास रहेको छ । यस दिन गरेको शुभकर्म र दानले पुण्य अक्षय पुण्य प्राप्त हुने विश्वास छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित