तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

समाजसेवी तिलप्रसाद भट्टराईको सहयोगमा अक्षय तृतीया विशेष कार्यक्रम

बुटवल । आज अक्षय तृतीया । अक्षय तृतीया दिन गरिएको दान, होम, जप, तपको फल अक्षय अर्थात कहिल्यै नष्ट नहुने भएकाले वैशाख शुक्ल तृतीयाको दिनलाई अक्षय तृतीया भनिएको हो ।

आजको दिनलाई युगहरूको सुरुवाती दिनका रूपमा पनि लिइन्छ । आजको तिथिबाटै सत्य युग सुरुवात भएको थियो भने आजकै दिनवाट द्वापर युग समापन भई त्रेतायूग सुरु भएको मानिन्छ ।

आजकै दिन देवाधिदेव महादेव र हिमालय पुत्री पार्वतीबिच विवाह भएकाले आजको दिन बिशेष रूपमा लिइने गरिन्छ । राजा भगीरथको तपस्याबाट गंगाजी यही अक्षय तृतीयाका दिन पृथ्वीमा झरेकी थिइन भने यसै दिन रेणुकाका गर्भबाट परशुराम जन्मेका थिए ।

यसै उल्लास र उत्सर्गका साथ आज वैशाख शुक्ल तृतीयाका दिन नेपाल, भारत लगायतका हिन्दु धर्मालम्बीहरूले जौको सातु खाएर वा दान दक्षिणा दिएर यो पर्ब मनाएका छन् । अक्षय तृतीयामा मुख्यत सातु खाने चलन रहि आएको छ । यस दिनमा जुन गहुंलगायतवाट बनेका सातु खाने चलन छ । यसले शितलतासमेत दिने भएकाले हिन्दु धर्ममा जुनलाई पवित्र मानिन्छ ।

बढ्दो गर्मीलाइ शीतलता प्रदान गर्न जौ, मकै, गहुं आदिजस्ता अन्नहरू बेग्ला बेग्लै भुटेर, पिसेर तयार गरिएको पीठोको सातु खाने चलन छ । आज माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर ब्राह्मणलाई दान गरिन्छ । यस्तो घडामा ब्रह्मा, विष्णु र शिव तीनै स्वरुपका भगवानको निवास हुने मान्यता छ । यसैबीच बुटवलका समाजसेवी तिलप्रसाद भट्टराई, गिरीसरा भट्टराई र लोकनाथ भट्टराईको विशेष सहयोगमा अक्षय तृतिया विशेष कार्यक्रम गरिएको छ ।

बुटवलको रामनगर स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताल नजिकै विरामीका आफन्त, स्थानिय, विद्यार्थीहरुलाई सातु, मही, जुस खुवाएर विशेष कार्यक्रम गरिएको थियो । रोटरी क्लव अफ सेन्ट्रल बुटवलमा समेत आबद्ध रहेका तिलप्रसाद भट्टराईले वैशाखको गर्मीमा सक्खरको सर्वत र जौको सातुले मानव स्वास्थ्यलाई फाइदा गर्ने भएकाले अक्षय तृतिय पर्वको महत्व रहेको भन्दै आफुहरुले विशेष कार्यक्रमको आयोजना गरेको बताए ।

त्यस्तै बुटवलका चोक चोकमा पनि विभिन्न संघसंस्था, समुहहरुले पनि सडकमा हिडडुल गर्नेहरुलाई सर्वत र सातु वितरण गरेका थिए । बुटवल योगिकुटीको देवस्थल मन्दिर समितिले पनि मन्दिर परिसरमै सर्वत र सातु वितरण गरेको थियो । अक्षय तृतीयाको दिन भगवान विष्णु र देवी लक्ष्मीले खरिद गरेको सुन र लगानीले स्वयम रक्षा र वृद्धि गर्ने जनविश्वास रहेको छ । यस दिन गरेको शुभकर्म र दानले पुण्य अक्षय पुण्य प्राप्त हुने विश्वास छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित