
तिलोत्तमा । तिलोत्तमाका पत्रकार तथा यस क्षेत्रका मिडियामा कार्यरत पत्रकारहरुको क्षमता विकासका लागि १ दिने क्षमता बिकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । पत्रकारलाई स्थानिय तहका मुद्धा उठानमा सहयोग होस् र जनताको हक, अधिकार र काम कर्तव्यको बारेमा सुसुचित गराउन सहज होस भन्ने उदेश्यले क्षमतावान पत्रकार बनाउने लक्ष्यका साथ तिलोत्तमा नगरपालिकाको आयोजना तथा नमस्ते लुम्बिनी संचार प्रालीको संयोजनमा करिव ५० जना सहभागी पत्रकारको उपस्थितिमा १ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको संचारका संचालक चण्डी बस्यालले बताउनुभएको छ।
राष्ट्रिय सुचना आयोगका आयुक्त डा सुरेश आचार्यको सहाजिकरणमा भएको कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण तथा उपप्रमुख जागेश्वर देवी चौधरीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो।उक्त क्षमता बिकास कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले राष्ट्रको तेस्रो आँखा समेत रहेको पत्रकारले सत्य तथ्य खोज अनुसन्धान गरि जनप्रतिनिधिलाई समेत सचेत गराउन विशुद्ध पत्रकारिता गर्नु पर्ने र देशलाई समृद्दिको यात्रामा अघि बढाउनु पर्ने जानकारी राख्दै जनताको सेवामा कार्य गर्न यस्ता प्रशिक्षणले ठुलो भूमिका खेल्ने जानकारी दिनुभयो।
कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संबिधानले तोकेको चौथो अंगले अन्य ३ अंगसंग सहकार्य गर्दै समाजलाई निश्पक्ष र सुचनाको हकको पहुँच पुर्याउन मिडियाले भूमिका खेल्नुपर्ने बताउनुभयो। सोहि अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्वअध्यक्ष तथा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेलले स्थानिय र जनताको मुद्धामा सशक्त भएर लाग्नुपर्ने बताउनुभएको छ। कार्यक्रमको संयोजन नमस्ते लुम्बिनी संचार प्रालीले गरेको थियो। तालिम पछि सो तालिममा प्रशिक्षण लिएका पत्रकारहरुलाई संचार लेखनका लागि बिषयबस्तु दिईने संचारकर्मी बस्यालले बताउनुभयो। राष्ट्रिय सुचना आयोगका आयुक्त डा सुरेश आचार्यले सुचनाको हक र बर्तमान पत्रकारिताका बारेमा सहजीकरण गर्नुभएको सो अभिमुखीकरण कार्यक्रमको संचालन सन्जु पौडेलले गर्नुभएको थियो।