युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

तिलोत्तमाका पत्रकारहरुलाई सुचना आयुक्तद्वारा क्षमता बिकास कार्यक्रम संचालन

तिलोत्तमा । तिलोत्तमाका पत्रकार तथा यस क्षेत्रका मिडियामा कार्यरत पत्रकारहरुको क्षमता विकासका लागि १ दिने क्षमता बिकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ । पत्रकारलाई स्थानिय तहका मुद्धा उठानमा सहयोग होस् र जनताको हक, अधिकार र काम कर्तव्यको बारेमा सुसुचित गराउन सहज होस भन्ने उदेश्यले क्षमतावान पत्रकार बनाउने लक्ष्यका साथ तिलोत्तमा नगरपालिकाको आयोजना तथा नमस्ते लुम्बिनी संचार प्रालीको संयोजनमा करिव ५० जना सहभागी पत्रकारको उपस्थितिमा १ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको संचारका संचालक चण्डी बस्यालले बताउनुभएको छ।

राष्ट्रिय सुचना आयोगका आयुक्त डा सुरेश आचार्यको सहाजिकरणमा भएको कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण तथा उपप्रमुख जागेश्वर देवी चौधरीको बिशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो।उक्त क्षमता बिकास कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले राष्ट्रको तेस्रो आँखा समेत रहेको पत्रकारले सत्य तथ्य खोज अनुसन्धान गरि जनप्रतिनिधिलाई समेत सचेत गराउन विशुद्ध पत्रकारिता गर्नु पर्ने र देशलाई समृद्दिको यात्रामा अघि बढाउनु पर्ने जानकारी राख्दै जनताको सेवामा कार्य गर्न यस्ता प्रशिक्षणले ठुलो भूमिका खेल्ने जानकारी दिनुभयो।

सो अवसरमा बोल्दै उपप्रमुख जागेश्वर देवी चौधरीले राजनीति भन्दा माथि उठेर आफ्नो आस्थालाई थाति राखेर निश्पक्ष पत्रकारिता गर्नुपर्ने बताउनुभयो। पत्रकारितामा नयाँ प्रवेशीहरुको प्रवेश गराउन क्षमता बिकास कार्यक्रम र पत्रकारिताको सिंगो बिकास गर्न स्थानिय तह सदैव तयार प्रतिबद्ध भै रहेको बताउदै उहाँले खोज समाचारमा अलिक ध्यान दिन आग्रह समेत गर्नुभयो।

 

कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले संबिधानले तोकेको चौथो अंगले अन्य ३ अंगसंग सहकार्य गर्दै समाजलाई निश्पक्ष र सुचनाको हकको पहुँच पुर्याउन मिडियाले भूमिका खेल्नुपर्ने बताउनुभयो। सोहि अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्वअध्यक्ष तथा  नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेलले स्थानिय र जनताको मुद्धामा सशक्त भएर लाग्नुपर्ने बताउनुभएको छ। कार्यक्रमको संयोजन नमस्ते लुम्बिनी संचार प्रालीले गरेको थियो। तालिम पछि सो तालिममा प्रशिक्षण लिएका पत्रकारहरुलाई संचार लेखनका लागि बिषयबस्तु दिईने संचारकर्मी बस्यालले बताउनुभयो। राष्ट्रिय सुचना आयोगका आयुक्त डा सुरेश आचार्यले सुचनाको हक र बर्तमान पत्रकारिताका बारेमा सहजीकरण गर्नुभएको सो अभिमुखीकरण कार्यक्रमको संचालन सन्जु पौडेलले गर्नुभएको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित