दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

देवस्थल मन्दिरमा पदस्थापन

बुटवल ।
योगिकुटीस्थित देवस्थल मन्दिर सञ्चालक समितिको नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

समितिको १४ औ साधारण सभा तथा नवौ अधिवेसनबाट निर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपाने, वरिष्ठ उपाध्यक्ष कमल नेपाल, उपाध्यक्ष हरि प्रसाद उपाध्याय, सचिव रनमाया चापागाई, सहसचिव जिवलाल बश्याल, सहकोषाध्यक्ष माया बेल्बासे तथा सदस्यहरु मन्जु खड्का, कमला न्यौपाने, एकदेव न्यौपाने, श्याम कुमार पोखरेल, गणेश न्यौपाने, पप्पु बिक, लक्ष्मी शाक्य, ललिता खनाल तथा लेखा समिति संयोजक विश्वबन्धु न्यौपानेलाई निर्वाचन समितिका संयोजक महेन्द्र थापाले पदस्थापन तथा सपथ ग्रहण गराए ।
कार्यक्रममा पुर्वअध्यक्ष पुर्णानन्द गिरि, रामचन्द्र ज्ञवाली, भक्तबहादुर केसी, ज्योतिप्रसाद अर्याल, समितिका निवर्तमान अध्यक्ष अशोक गुरुङ, सल्लाहकार सुरज भट्टराई, निर्वाचन समितिका सदस्य सुमन अधिकारीले ईतिहास बोकेको मन्दिर भएपनि ओझेलमा परेको बेला नया ढंगबाट विकास अघि बढेको भन्दै अब यसलाई थप उचाईमा लग्ने गरि योजना बनाउन सुझाव दिए ।


कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पुष्पा शर्मा न्यौपानेले धार्मिक केन्द्रको आस्थाका रुपमा रहेको मन्दिरको विकासमा नया योजना तयार गरेको बताए । मन्दिरमा बहुउदेश्यीय भवन निर्माण पहिलो योजना रहेको उनले बताईन । यसैगरि परापुर्व समयको झल्को दिने विश्राम स्थल निर्माण, जेष्ठ नागरिक केन्द्र लगायतका योजनालाई सबैको साथबाट अघि बढाउने उनले बताईन ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक महेन्द्र थापाले मन्दिरलाई जिवन्त र गतिशिल बनाउने गरि कामको थालनी भएको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित