दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

देवस्थल मन्दिर सञ्चालक समितिको अध्यक्षमा पुष्पा शर्मा चयन

बुटवल योगिकुटी स्थित देवस्थल मन्दिर सञ्चालक समितिको अध्यक्षमा पुष्पा शर्मा चयन हुनुभएको छ । समितिको १४ औं बार्षिक साधारण सभा तथा ९ औं अधिबेशनबाट शर्मा अध्यक्षमा चयन हुनुभएको हो ।

त्यस्तै बरिष्ठ उपाध्यक्षमा कमल नेपाल, उपाध्यक्ष हरि घिमिरे, सचिवमा रनमाया चापागाई, सह सचिवमा जिवलाल बस्याल, कोषाध्यक्षमा बद्री लम्साल र सह कोषाध्यक्षमा माया बेलबासेले चयन हुनुभएको निर्वाचन संयोजक महेन्द्र थापाले जानाकारी दिनुभयो । त्यस्तै सदस्यहरुमा गणेश न्यौपाने, कमला न्यौपाने, मञ्जु खड्का, लक्ष्मी श्रेष्ठ, एकदेव न्यौपाने, श्याम पोखरेल, पप्पु वि.क. र ललिता खनाल निर्वाचित हुनुभएको छ । आगामी ३ बर्षे कार्यकालयका लागि अधिबेशनले १५ सदस्यीय नयां नेतृत्व चयन गरेको हो ।

 अध्यक्ष शर्मा र बरिष्ठ उपाध्यक्षमा कमल नेपाल

अध्यक्ष शर्मा र बरिष्ठ उपाध्यक्षमा कमल नेपाल

नवनिर्वाचत अध्यक्ष शर्माले बहुउद्देश्यीय ४ तला भवन निर्माण गर्ने आफ्नो योजना भएको बताउनुभयो । उक्त भवन भित्र सांस्कृतिक झल्कने विश्राम घर, जेष्ठ नागरिक मिलन केन्द्र, आधुनियक, सुविधायुक्त हल निर्माण गर्ने योजना रहेको बताउनुभयो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित