दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

पत्रकार विश्वकर्मामाथि आक्रमणका विषयमा राष्ट्रिय मानव अधिकार आयोगको चासो

लुम्बिनी प्रेस क्लबका निवर्तमान कोषाध्यक्ष पत्रकार राधेश्याम बिश्वकर्मामाथि तस्करहरुको समूहले रुपन्देहीको मर्चवारमा गरेको दुव्र्यवहार र भौतिक आक्रमणको प्रयासका बिषयमा राष्ट्रिय मानव अधिकार आयोगले चासो लिएको छ । समाचार संकलनका लागि रुपन्देहीको मर्चवार जाँदै गरेका पत्रकार बिश्वकर्माले रुपन्देहीको मायादेवि गाउँपालिका ६, मकरीमा तस्करी भइरहेको भिडियो खिच्ने क्रममा तस्करहरुको समूहले आक्रमण गरेको थियो ।

राष्ट्रिय मानव अधिकार आयोग बुटवल कार्यालयका मानव अधिकार अधिकृत आशिश श्रेष्ठको नेतृत्वको टिमले मंगलबार पीडित विश्वकर्मा र लुम्बिनी प्रेस क्लबको टिमलाई भेटेर घटनाबारे जानकारी लिएको हो । श्रेष्ठसँगै अधिकृत सुप्रिना चौधरी र सूचना प्रबिधि सहायक अर्जुन खनालले घटनाको बिषयमा जानकारी लिएको क्लबका अध्यक्ष कमल रायमाझीले बताए ।

अन्नपूर्ण मिडिया नेटवर्क प्रालि (एपी वान टेलिभिजन) मा कार्यरत पत्रकार विश्वकर्मामाथि तस्करहरुको समूहले सांघातिक आक्रमणको प्रयास गरेको थियो ।
समाचार संकलन गर्न जाने क्रममा भैरहवा–मर्चवार सडकको मूल खण्डमा खुलेयाम लाइन लागेर विभिन्न सवारीमा भइरहेको तस्करीको दृश्य देखेपछि क्यामेरामा कैद गर्ने क्रममा आफूलाई दीपेश यादव बताउने तस्करहरुको समूहले आक्रमण प्रयास गरेको बिश्वकर्माले जानकारी दिए ।

तस्करहरुको समूहले झोला खानतलासी गर्नुका साथै क्यामेरा, मिडिया हाउसको परिचय पत्र र मोटरसाइकलको चाबी खोसी केही समय घेरा हालेर बन्धक बनाउने काम गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित