तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दानव नदीमा बेपत्ता थप २ बालकको शव फेला

सोमबार रुपन्देही जिल्ला लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये २ बालकको शव फेला परेको छ । सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान नदीबाट शव निकालेको हो ।

सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र वर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो । उनीहरूको खोजीको लागि राती नै सशस्त्र प्रहरी बल नेपाल नं। ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो ।

सुरक्षा वेश लुम्बिनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपक कोइरालाको कमान्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शव फेला पारेको हो । बेपत्ता मध्ये १४ वर्षका राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित