दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

बुटवलको ट्राफिक व्यवस्थापन: लोड,अनलोडलाई सहज बनाउन आग्रह

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले मालबस्तु ढुवानी तथा लोड अनलोडको सहज व्यवस्थापन गर्न आग्रह गर्दै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ । संघको टोली राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पुगरे कार्यालय प्रमुख एसपि श्यामबहादुर खत्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

बुटवलको मुख्य सडक निर्माणको क्रममा रहेको र अव्यवस्थित पार्किङका कारणले सामानको ढुवानी तथा लोडिङ अनलोडिङ्मा समस्या भएको बताउँदै मालबस्तुको ढुवानी तथा डोडिङ अनलोडिङमा सहज व्यवस्थापनको माग गरिएको संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए।

मालबस्तु ढुवानीका साधन ट्रयाक्टर, छोटाहात्तीबाट हुने लोड, अनलोड डेलिभरीमा ट्राफिक प्रहरीबाट अनाहकमा दुख दिने, चिट काट्ने कार्य भएकाले उक्त कार्य बन्द गर्न आग्रह गरिएको उनले बताए।

ज्ञापन पत्रमा सडक निर्माणको क्रममा रहेको तथा ट्राफिकचोकदेखि माथि सर्भिस लेन पनि नभएको र सडक नियमको पालना गर्दै हुने डेलिभरी लोड अनलोडमा समेत जरिवाना गर्ने साथै पार्किङ्ग गरिराखेका गाडीमा समेत ह्वील लक लगाउने र चिट काट्ने कार्य भएकोले यस प्रकारको कार्य यथासिघ्र बन्द गरी व्यापार सहजिकरण गरिदिन अनुरोध गरिएको छ ।

ज्ञापन पत्र बुझदै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रमुख एसपि श्यामबहादुर खत्रीले सकेसम्म व्यवहारिक रुपमा ट्राफिक व्यवस्थापनको काम गरिएको बताए । उनले सडक निर्माणको काम पुरा नहुँदासम्म व्यवहारिक रुपमा सहजिकरण गर्ने बताउँदै ट्राफिक व्यवस्थापनमा पनि सहज हुनेगरी ढुवानी लोड अनलोडको काम गर्न आग्रह गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित