कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

स्वास्थ्यकर्मीले ६ महिनासम्म पाएनन् तलब, अस्पताल भन्छ- बजेट छैन

जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा छात्रवृत्ति करारका स्वास्थ्यकर्मीले छ महिनादेखि तलब-भत्ता पाउन सकेका छैनन्।

गत कात्तिक महिनादेखि हालसम्म तलब भत्ता नपाएको स्वास्थ्यकर्मीहरूको गुनासो छ।

स्वास्थ्य विभागबाट कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत जिल्लामा बजेट आउने गरेकोमा गत कात्तिक महिनादेखि बजेट नआउँदा छात्रवृत्ति करारमा कार्यरत १२ जना स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीले बताए।

उनका अनुसार यस विषयमा पटकपटक कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा पत्र पठाए पनि सुनवाइ भएको छैन। मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १२ जनाले कात्तिकदेखि चैतसम्मको तलब भत्ता नपाएको उनले बताए। स्वास्थ्यकर्मीहरूले काम गरेको पारिश्रमिक नपाएपछि जिल्ला अस्पताल, सामाजिक विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य विभागलाई पत्रमार्फत ध्यानाकर्षण गराएका छ्न्। साथै तलब–भत्ता नपाएसम्म अस्पतालको आपतकालीन बाहेकको सेवा बन्द गरेका छन्।

मङ्गलबार जिल्ला अस्पताल विकास समितिले रुकुम पश्चिमबाट कर्णाली प्रदेशसभामा प्रतितिधित्व गर्ने सांसदसँग भेटघाट गरी तलब भत्ता पाउन नसकेको गुनासो पोखेका थिए। तलब–भत्ता नपाउनेमा मेडिकल अधिकृत सात, डेन्टल सर्जन दुई र जनस्वास्थ्य अधिकृत तीन जना रहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित