रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्न ब्यबसायी आईचर मजिस्टेक वाई बस भित्राए

नयाँ बर्ष ः नयाँ सेवा भन्ने सन्देशसहित यात्रुलाई सुबिधायुक्त र गुण्स्तरिय सेवा प्रदान गर्ने उद्देश्यले लुम्बिनी पहिलो पटक आईचर मजिस्टेक वाई बस भित्राईएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.मा आवद्ध संचालक तथा ब्यबसायीहरुले नवबर्ष २०८२ को शुभारम्भका अवसरमा एकै पटक १२ वटा आईचर मजिस्टेक वाई नामक प्रिमियम बसका च्यासिस् खरिद गरेका हुन् ।
५२ लाख मुल्य रहेको सो च्यासिस् बिक्रेता कम्पनीले यसअघि नेपालगन्जमा ११ वटा च्यासिस् हस्तान्तरण गरिएको थियो । मोविलिटी र गुणस्तरमा बिश्वासिलो र टिकाउ मानिएको आईचर कम्पनीको अधिकृत बिक्रेता बतास एम.ए.डब्लु नेपालले च्यासिस् खरिदकर्ताहरुलाई एक समारोहका बिच चावी हस्तान्तरण गरेको छ । पश्चिम नेपाल बस प्रा.लि.का संचालकहरु नारायण घिमिरेले ३ वटा, नारायण भण्डारीले ३ वटा, ब्यबसायीहरु ऋषिराम डुम्रे ३ वटा, देवराज खनाल २ वटा, मदनप्रताप सिंह १ वटा च्यासिस् खरिद गरेका हुन ।


च्यासिस् खरिदकर्ताहरुलाई चावी हस्तान्तरण गर्दै आईचर नेपालका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले आईचर मजिस्टेक वाई नामक प्रिमियम बस मोबिलिटीमा विश्वासिलो र दिर्घकालिन क्षमताको भएको बताए । यसअघि नेपालगन्जमा ११ वटा चावी हस्तान्तरण गरिएको उनले जानकारी गराए । ब्यबसायीहरुले गरेको बिश्वास प्रति सँधै नतमस्तक भै सेवारत रहने प्रतिबद्धता समेत उनले ब्यक्त गरे ।
सो अवसरमा पश्चिम नेपाल बस प्रा.लि.का अध्यक्ष दधिराम खरेलले यात्रुबहाक बसको संख्या मात्र बढाउने कार्य सामान्य कुरा भएको तर यसको ब्यबस्थापन मुख्य चुनौतीको बिषय रहेको बताए । अध्यक्ष खरेलले ब्यबस्थापनको बिधि र प्रकृया तर्जुमा गर्न कठिनाई भएपनि यात्रुहरुको हितमा राखेर गुणस्तरिय सेवा र सुबिधा प्रदान गर्ने उद्देश्यले भित्राइएका यस्ता बसहरुको संचालन उचित ब्यबस्थापनका साथ गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
सो अवसरमा संचालक नारायण घिमिरेले आईचर मजिस्टेक वाई नामक प्रिमियम बस समय सुहाउदो, यात्रुको चाहना अनुरुपको, बिश्वसनिय र भरपर्दो रहेको टिप्पणी गरे । अर्का संचालक नारायण भण्डारीले समय माग अनुरुप सेवालाई स्तरिय बनाउने उद्देश्यका साथ नयाँ बर्ष ः नयाँ सेवा भन्ने सन्देशका साथ आएको जानकारी गराए ।
कम्पनीका बिक्रि प्रबन्धक रघु पौडेलका अनुसार नयाँ बर्षको प्रारम्भमै कम्पनीले लुम्बिनी प्रदेशमा १२ करोडको कारोबार गरेको छ । अर्का प्रबन्धक सन्तोष थापाले ब्यबसायीहरुले गरेको बिश्वासलाई कमि हुन नदिने बताए । एउटा च्यासिस्को मुल्य ५२ लाख रहेको पनि उनले जानकारी गराए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित