रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

गुल्मी महोत्सवको तयारी पूरा, उद्घाटनमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन हुने

गुल्मी। गुल्मीको तम्घासमा वैशाख ५ गतेदेखि सञ्चालन हुने दोस्रो गुल्मी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। ‘कृषि, पर्यटन र उद्योगको व्यापार प्रवर्द्धन’ भन्ने नाराका साथ आयोजना हुने महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ।

गुल्मी चेम्बर अफ कमर्सको आयोजनामा हुने १३ दिने महोत्सवमा ३०० स्टल रहनेछ। सम्पूर्ण स्टलहरू बुकिङ भइसकेको र स्थानीय व्यापारीलाई प्रोत्साहन गर्न ३० प्रतिशत छुट दिइएको उद्योग संघका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र भुसालले जानकारी दिए।
स्थानीय उत्पादन र मनोरञ्जनको संगम

महोत्सवमा कृषि तथा पशुपालनजन्य सामग्री, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु, मनोरञ्जनात्मक पिङ्सहित विविध सांस्कृतिक झाँकीहरू प्रदर्शनीमा रहनेछन्। डेढ लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ।गुल्मी चेम्बर अफ कमर्स अध्यक्ष दुर्गाप्रसाद पाण्डेयका अनुसार महोत्सवले जिल्लाको आर्थिक गतिविधि सक्रिय बनाउन मद्दत गर्नेछ। “स्थानीय उत्पादन, संस्कृति र पर्यटनलाई प्राथमिकता दिइएको छ,” उनले बताए।

इन्द्रेणी टिमसहित १०० बढी कलाकारको प्रस्तुति

सांस्कृतिक कार्यक्रम संयोजक टामलाल केसीका अनुसार महोत्सवमा इन्द्रेणी टिमसहित विभिन्न विधाका करिब एक सय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।
लोकप्रिय कलाकारहरूमा बोमबहादुर कार्की, शिव परियार, पशुपति शर्मा, कुलेन्द्र विक, रचना रिमाल, समिक्षा अधिकारी, दुर्गेश थापा, प्रीति आले, ज्योति मगर, खेम सेञ्चुरी लगायत छन्।
त्यस्तै, हास्य कलाकार पुरुषोत्तम भण्डारी ‘पुर्खे बा’, माईला बा, बलराम मगर, र जादुगर गुन्दुकेको पनि विशेष प्रस्तुति रहनेछ।
मेलाको प्रचारप्रसार संयोजक प्रेम घिमिरेका अनुसार महोत्सवलाई सफल बनाउन २९ वटा उपसमितिहरू सक्रिय रुपमा खटिएका छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित