दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

श्रीमती बलात्कार गरेको अभियोग लागेका न्यायाधीशले पाए सफाई

आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्धा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनले अभियोग दावीबाट सफाई दिएको छ । काठमाडौं जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश भुवन गिरीलाई उच्च अदालत पाटनले आज सफाई दिएको हो ।

न्यायाधीशहरु लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको ईजलाशले गिरीलाई सफाई दिएको अधिवक्ता बासु ज्ञवालीले जानकारी दिए ।

कपिलबस्तु जिल्ला न्यायधीश भएकै बेला पक्राउ परेका गिरीलाई श्रीमतीले बैवाहिक बलात्कारदेखि बिभिन्न आरोप लगाएकी थिईन् । ईजालासमै बिष सेवन गर्ने देखि ईजलास प्रभाव पार्न अनेक हर्कत गर्ने उनकी श्रीमतीले ईगो साँधेको मुद्दामा जिकिर गरिएको थियो ।

न्यायाधीश गिरीले पनि उनीविरुद्ध सम्बन्ध विच्छेद र गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गरेका थिए । गिरीले २०७९ मंसिर ११ मा बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। सँगसँगै उनले पत्नी आरतीविरुद्ध गाली बेइज्जती सम्बन्धी ७ वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेका थिए। मुद्दामा साक्षीसम्म बुझ्नेसम्मको काम भैसकेको छ। मुद्दा विचाराधीन छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित