युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

श्रीमती बलात्कार गरेको अभियोग लागेका न्यायाधीशले पाए सफाई

आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्धा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनले अभियोग दावीबाट सफाई दिएको छ । काठमाडौं जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश भुवन गिरीलाई उच्च अदालत पाटनले आज सफाई दिएको हो ।

न्यायाधीशहरु लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको ईजलाशले गिरीलाई सफाई दिएको अधिवक्ता बासु ज्ञवालीले जानकारी दिए ।

कपिलबस्तु जिल्ला न्यायधीश भएकै बेला पक्राउ परेका गिरीलाई श्रीमतीले बैवाहिक बलात्कारदेखि बिभिन्न आरोप लगाएकी थिईन् । ईजालासमै बिष सेवन गर्ने देखि ईजलास प्रभाव पार्न अनेक हर्कत गर्ने उनकी श्रीमतीले ईगो साँधेको मुद्दामा जिकिर गरिएको थियो ।

न्यायाधीश गिरीले पनि उनीविरुद्ध सम्बन्ध विच्छेद र गाली बेइज्जती सम्बन्धी मुद्दा दर्ता गरेका थिए । गिरीले २०७९ मंसिर ११ मा बाँके जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेका थिए। सँगसँगै उनले पत्नी आरतीविरुद्ध गाली बेइज्जती सम्बन्धी ७ वटा छुट्टाछुट्टै मुद्दा दर्ता गरेका थिए। मुद्दामा साक्षीसम्म बुझ्नेसम्मको काम भैसकेको छ। मुद्दा विचाराधीन छन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित