रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

तिलोत्तमामा बैशाख ६ देखि हुने इण्डो-नेपाल क्लब च्याम्पीयनसीप भलिबल हुँदै

बुटवल । मणिमुकुन्द भलिबल क्लब तिलोत्तमा रुपन्देहीको आयोजनामा आगामी बैशाख ६ गतेदेखि हुने १० औं मणिमुकुन्द कप पुरुष ईन्डो नेपाल क्लब च्याम्पीयनसीप भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । नेपालको विभागीय टोली सहित भारतको समेत गरी कुल ९ वटा टिम प्रतियोगितामा सहभागी हुँदै छन् ।

तिलोत्तमा नगरपालिका वडा नम्बर २ मा रहेको मणिमुकुन्द भलिबल क्लबको खेल मैदानमा हुने भलिबल प्रतियोगीताको तयारी पूरा भएको क्लबले पत्रकारसम्मेलनको आयोजना गरी जानकारी दिएको हो । शनिबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष लोकेन्द्र भण्डारीले साग भलिबल एकेडेमी गुजरात भारत, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, गण्डकी भलिबल संघ, कोशी प्रदेश भलिबल संघ, गलकोट भलिबल क्लव बाग्लुङ्ग, मणिमुकुन्द भलिबल क्लब र सुदुुरपश्चिम खेलकुल परिषद गरी कुल ९ वटा टिमको सहभागीता हुने जानकारी दिए ।

प्रतियोगीतामा प्रथम हुने समुहले नगद ३ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् । यस्तै उप विजेता समुहले २ लाख ११ हजार १ सय ११ सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् भने तेस्रो हुने समुहले १ लाख ११ हजार १ सय ११ र सान्तव्ना स्थान प्राप्त गर्ने समुहले ६६ हजार ६ सय ६६ रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगीतामा वेष्ट प्लेयर्सलाई नगद १५ हजारसहित र कप र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै वेष्ट सटर, वेष्ट ब्लकर, वेष्ट डिफेन्स, वेष्ट सर्भर र अनुशासित खेलाडीलाई जनही १० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित