युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

मर्चवारी गाउँपालिकामा पशु खोपमा भ्रष्टाचार

रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भुसालसहित २ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अभियोगपत्र अनुसार, मर्चवारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को योजनाबमोजिम सञ्चालित पशुपंक्षीलाई खोप तथा औषधी वितरण कार्यक्रममा उनले ठेकेदार संस्थासँग घुस लिएको पाइएको छ।

भुसालले उक्त कार्यक्रममा सप्लायर्सको रूपमा कार्यादेश पाएको बुद्ध भेट सेन्टरका प्रोपाइटर लक्ष्मी बस्यालबाट पशु सेवासम्बन्धी कार्यक्रम प्राप्त गर्न, प्रगति प्रतिवेदन पेस गर्न, भुक्तानीको सिफारिस लगायतको सहजीकरण गरेवापत बैंक खाताबाटै ४ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

बुद्ध भेट सेन्टर तथा उक्त भेट सेन्टरका प्रोपाइटर लक्ष्मी बस्यालले घुस दिएको पुष्टि भएको भन्दै अख्तियारले उनीहरूविरुद्ध पनि मुद्दा चलाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित