३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

मर्चवारी गाउँपालिकामा पशु खोपमा भ्रष्टाचार

रुपन्देहीको मर्चवारी गाउँपालिकाका पशु शाखा प्रमुख रामचन्द्र भुसालविरुद्ध घुस लिएको अभियोगमा मुद्दा दायर भएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भुसालसहित २ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अभियोगपत्र अनुसार, मर्चवारी गाउँपालिकाको आर्थिक वर्ष २०७९/०८० को योजनाबमोजिम सञ्चालित पशुपंक्षीलाई खोप तथा औषधी वितरण कार्यक्रममा उनले ठेकेदार संस्थासँग घुस लिएको पाइएको छ।

भुसालले उक्त कार्यक्रममा सप्लायर्सको रूपमा कार्यादेश पाएको बुद्ध भेट सेन्टरका प्रोपाइटर लक्ष्मी बस्यालबाट पशु सेवासम्बन्धी कार्यक्रम प्राप्त गर्न, प्रगति प्रतिवेदन पेस गर्न, भुक्तानीको सिफारिस लगायतको सहजीकरण गरेवापत बैंक खाताबाटै ४ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।

बुद्ध भेट सेन्टर तथा उक्त भेट सेन्टरका प्रोपाइटर लक्ष्मी बस्यालले घुस दिएको पुष्टि भएको भन्दै अख्तियारले उनीहरूविरुद्ध पनि मुद्दा चलाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित