रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

भैरहवाबाट शुक्रबार र शनिबार गरी चार विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै

लामो समयपछि यहाँस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बैदेशिक उडान सुरु भएका छन् । एउटा अन्तर्राष्ट्रिय उडान हुँदा हर्षित हुनुपर्ने बेला एकैपटक धेरै बिदेशी एयरलाइन्सले उडान गर्ने भएपछि सरोकारवाला उत्साहित छन् । धेरै विमान कम्पनीले उडान थालेसँगै उडानले निरन्तरता पाउनेमा आशंका समेत भइरहेको छ ।

सरकारले विमान कम्पनीलाई उडान–अवतरणका लागि भैरहवा केन्द्रित गरे पनि आवश्यक सरकारी कार्यालय र पूर्वाधार स्थापनामा ढिलाई गर्नाले आशंका व्याप्त भएको हो । विमानस्थलमा शुक्रबार दुई विदेशी एयरलाइन्सले नियमित उडान गर्ने जनाएका छन् । उनीहरुले उडान तालिका समेत स्वीकृत गराइसकेका छन् ।

दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । उद्घाटन लगत्तै कुवेतको जजिरा एयरलाइन्सले केही महिना उडान भरेको थियो । तर, नियमित उडानका लागि आवश्यक सरकारी तयारी नपुग्दा जजिराले उडान रोकेको थियो । त्यसपछि लामो समय उडान नहुँदा सरोकारवालाबीच निराशा छ ।

लामो समयपछि रुपन्देही बासिन्दाका लागि धेरै कम्पनीले एकपटक उडान थाल्ने खबरले खुसी छाएको हो । यसपाली भाइटीकाको दिनदेखि थाई एयरले उडान सुरुवात गरेको हो । उक्त कम्पनीले साताको दुई दिन भैरहवास्थित गौतमबुुद्ध विमानस्थलबाट उडान गर्ने जानकारी दिएको छ ।

कार्तिक २४ गतेबाट जजिरा एयरलाइन्स र फ्लाई दुबईले साताभरि उडान गर्ने गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले बताए । कार्तिक २४ गतेदेखि भैरहवामा हप्ताको सातै दिन फ्लाई दुबईले उडान गर्ने उनले जनाए । जजिराले सातामा तीन दिन उडान गर्ने छ । जजिराले भैरहवा–कुवेत उडान गर्ने छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ–दुबई उडान गर्ने छ । रावतका अनुसार थाई एसियाले सोमबार र बिहीबार भैरहवा–बैंकक उडान गर्ने छ ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँगै यहाँ होटल, ट्राभल एजेन्सी लगायत विभिन्न क्षेत्रमा लगानी वृद्धि भएको छ । विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित सञ्चालनमा गर्न स्थानीय विभिन्न संघसंस्थाले धर्नादेखि प्रधानमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

तीनवटा विमान कम्पनीले नियमित उडान भर्ने भएपछि लुम्बिनीमा आशाको सञ्चार छाएको नेपाल एसोशिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का लुम्बिनी प्रदेश पूर्वअध्यक्ष सागर अधिकारीले बताए । उनले तीन वायुसेवा कम्पनीले नियमित उडान गर्नु खुसीको कुरा भएको बताउँदै यसलाई निरन्तरता दिँदै थप विमान कम्पनीलाई आकर्षित गर्न सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका नागरिकहरूलाई काठमाडौँबाट विदेश जानुभन्दा भैरहवाबाट जाँदा सहज र सस्तो पर्ने गरी व्यावसायिक वातावरण बनाउने दायित्व निजी क्षेत्रको पनि रहेको उनको भनाइ छ । अधिकारीले भने, ‘हवाई कम्पनीले यात्रु पाएमा निरन्तरता दिन्छन् तर यात्रुहरू भैरहवा आउने वातावरण हामी सबैले सिर्जना गर्नुपर्छ ।’

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित