दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा

नागरिक उड्डयन प्राधिकरणले थाइ एयर एसियाको उडान प्रतिबन्ध फुकुवा गरेको छ । थाइ एयर एसियाले स्पष्टीकरणसहित लिखित रूपमा माफी मागेपछि प्राधिकरणले उडान प्रतिबन्ध फुकुवा गरेको हो ।

आइतबार उडान अनुमति नलिई काठमाडौं आएको थाइ एयर एसियाको विमानलाई प्राधिकरणले तत्कालका लागि निलम्बन गरिएको थियो । नेपालको आधिकारिक एजेन्ट (जीएसए) पनि रद्द गरिएको थियो ।

भैरहवा नियमित उडान गर्ने सर्तसहित बुधवार थाइ एयरको उडान फुकुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । भूलका अनुसार थाइ एयरले अब काठमाडौंका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पनि उडान गर्ने छ ।

अब आइतबार अर्थात् कार्तिक १८ गतेदेखि थाइ एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमान स्थलबाट पनि नियमित उडान गर्नेछ ।

थाइल्यान्डबाट काठमाडौं आएको उक्त विमान करिब एक घण्टा ‘होल्ड’ भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित