बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

म्यानमारका संस्कृतीमन्त्री यूटिन द्वारा लुम्बिनी भ्रमण

म्यानमार सरकारका धार्मिक मामिला तथा सँस्कृती मन्त्री यूटिन ओलुयिनले बुधबार बुद्धजन्मस्थल लुम्बिनी भ्रमण गरेका छन् । 
 
मन्त्री यूटिनलाई लुम्बिनी विकास कोषका बरिष्ठ सुरक्षा अधिकृत खगेन्द्र काफ्ले, सूचना अधिकृत राजन बस्नेत, सूचना शाखाका विकास लामाले स्वागत गरेका हुन् । उक्त अवसरमा मन्त्री यूटिनले शान्तिदीप, मायादेवी मन्दिर, पुष्पकरणी पोखरी, अशोक स्तम्भको भ्रमण गर्दै लुम्बिनीका बारेमा जानकारी लिए ।
 
बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्न पाउँदा निकै खुशी भएका यूटिनले मायादेवी मन्दिर परिसरमा शान्तिको कामना गर्दै पूजा गरेका थिए । बुद्धिष्ट देश समेत भएकाले म्यानमारको लुम्बिनीप्रति श्रद्धा र आस्था रहेको छ ।
 
लुम्बिनी स्थित म्यानमार विहारले पूजाको व्यवस्थापन गरेको थियो । संस्कृती तथा धार्मिक मन्त्रीको भ्रमणले अझ म्यानमारबाट लुम्बिनी आउने तीर्थयात्री बृद्धि हुने लुम्बिनी विकास कोषले अपेक्षा गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित