रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

सिन्धुली कला घरको आयोजनामा कार्तिक १५ र १६ गते बुटवलमा देउसी भैलो कार्यक्रम हुने

कमलामाई नगरपालिका–३ सिन्धुलीमा स्थापना भएको सिन्धुली कला घरको आयोजनामा कार्तिक १५ र १६ गते बुटवलमा देउसी भैलो कार्यक्रम हुने भएको छ ।

बुटवलका विभिन्न चोकहरुमा सिन्धुली कला घरले कला संस्कृतिको संरक्षण संगै सांस्कृतिक विद्यालयको रुपमा कलाघरलाई विकास गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रमको आयोजना गर्न लागिएको कलाघरका अध्यक्ष सुमन थापा मगरले बताए ।

विश्वका १९५ देशलाई कला मार्फत प्रस्तुत गरी कलाघरलाई विश्व कला घरको रुपमा विकास गर्नुका साथै असायह, दुखि पिडित र बृद्ध रोगी कलाकारहरुका लागि कलाकार आश्रम विकास गर्ने योजना अनुसार देउसी भैलो गर्न लागिएको उनले बताए । तिहारमा देउसी भैलो कार्यक्रम गर्ने कलाघरले त्यसपछि भने मेची महाकाली अभियान सुरु गर्नेछ ।

अध्यक्ष मगरका अनुसार ७७ जिल्लामा सांस्कृतिक कार्यक्रम गरेर कलाघरलाई पूर्ण बनाउन रकम संकलन गरिनेछ । ऐतिहासिक सिन्धुलीगढी नजिकै सिन्धुली कला घर छ । त्यहाँ ४ रोपनी क्षेत्रफल भित्र कला व्यवस्थापन गरी अवलोकन गरिदै आएको छ ।

अध्यक्ष सुमन थापा मगरले राष्ट्रिय झण्डाको आकारमा निर्माण हुने एक विगाहा जमिन खरिदको आर्थिक सहयोगका लागि पनि कार्यक्रम गर्न लागिएको बताए ।
कलाघरको टीमले पञ्चेबाजामा आधारित देउसी भैलोको अलवा लागु औषध दुव्यर्सनी सम्बन्धी गीती नाटक समेत प्रस्तुत गर्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित