कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

सैनामैनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुँदै

बुटवल । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिस्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी विद्यालय स्तरिय लोकभनज प्रतियोगिता गर्न लागेको जानाकारी दिएको छ ।
आउंदो मंसिर १५ गते पर्रोहा माध्यमिक विद्यालयको खेल मैदानमा हुने लोक भजन प्रतियोगितामा २० भन्दा बढि विद्यालयको सहभागिता हुने प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नारायण लेकालीले बताए ।
लोक भजन पछिल्लो समय लोप हुंदै गएको र त्यसको संरक्षण र प्रबद्र्धन विद्यालयका बालबालिकाहरु बाट गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन ागर्न लागेको उनले बताए ।
कुल ३ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम हुनेले २० हजार, द्धितिय हुनेले १५ हजार, तृतिय हुनेले १० हजार र शान्त्वना हुनेले ५ हजार प्राप्त गर्ने आयोजकको दावी छ । हाल लोक भजन चुड्का संरक्षण प्रतिस्ठान ५३ भन्दा बढि जिल्लामा फैलिएको छ ।
जिल्ला अध्यक्ष दामोदर अधिकारीले भजन प्रतियोगिता विद्यालय स्तरमा पहिलो पटक हुन लागेको भन्दै यसले नेपाली संस्कार, संस्कृतिको जर्गेना गर्ने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित