रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

बुटवल उपमहानगरपालिका आधुनिक वधशाला सञ्चालनको निर्णयबाट पछाडि नहट्ने

बुटवल उपमहानगरपालिकाले आधुनिक पशु वधशाला सञ्चालन गर्ने निर्णयबाट पछाडि नहट्ने बताएको छ ।

लामो प्रयासपछि सञ्चालनमा आएको आधुनिक वधशालामा जान व्यवसायी नमानेको बताउँदै उपमहानगरले व्यवसायीका समस्या समाधान गर्न तयार रहेको स्पष्ट पारेको छ ।

तर आधुनिक वधशाला सञ्चालन गर्ने निर्णयबाट कुनै पनि हालतमा पछि नहट्ने उपमहानगरको अडान छ ।​​​

उपमहानगरपालिकाले वधशाला सञ्चालनको विवाद अन्त्य गरी पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीलाई तीन दिनभित्र समस्याबारे जानकारी गराउन पत्राचार गरिएको जानकारी दिएको छ ।

बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले ​व्यवसायीलाई पटक-पटक समय दिँदा पनि नआएपछि प्रक्रियागत रूपमा नयाँ कम्पनीमार्फत टेन्डर गरिएको बताए ।

‘उपमहानगरपालिका वधशालालाई दिगो रूपमा सञ्चालन गर्न प्रतिबद्ध छ,’ खनालले भने, ‘टेन्डरमार्फत एउटा कम्पनी छनोट भइसक्यो । अब यो प्रक्रियालाई पाँच वर्ष रोक्न सक्दैनौं, तर व्यवसायीलाई सहयोग गर्न र समस्या समाधान गर्न तयार छौं ।’

आधुनिक वधशालामा जाँदा व्यवसायीलाई परेका मर्काहरू समाधान गर्न तयार रहेको उनले बताए ।

‘कानूनी सर्वोच्चता सबैले मान्नुपर्छ । वधशाला फूलफेजमा सञ्चालन गर्न प्रदेश र संघीय सरकारको निर्देशन छ । वधशालामा जाँदा व्यवसायीलाई परेका मर्का समाधान गर्न तत्पर छौं, नगरबासीलाई स्वस्थकर मासु खुवाउनेबाहेक अन्य कुनै मनसाय छैन,’ खनालले थपे ।

अहिले वधशालामा एउटा खसी/बोका वध गरेको १ हजार रूपैयाँ शुल्क तय गरिए पनि वधशालाले ७०० रुपैयाँ काटिदिएको छ ।

शुरूमा आफूहरूलाई सञ्चालन गर्न दिने भनेर वर्षौं झुलाई अन्तिममा टेन्डरको नाममा धोका दिएको आरोप लगाउँदै मासु व्यवसायी उपमहानगरसँग असन्तुष्ट छन् ।

टेन्डरमार्फत वधशाला मुक्तिनाथ लाइभ स्टक बैंक लिमिटेडले सञ्चालन गरिरहेको छ । मुक्तिनाथले वार्षिक ४७ लाख ३० हजार उपमहानगरलाई बुझाउने गरी टेन्डर पारेको हो ।​

वधशालामा गएर खसीबोका वध नगर्ने व्यवसायीलाई उपमहानगरले निरन्तर अनुगमन गरी जरिवाना गरिरहेको छ ।

लुम्बिनी प्रदेश सरकार, हेफर इन्टरनेशनल र बुटवल उपमहानगरको २४ करोडको लगानीमा वधशाला बनेको हो ।

उपमहानगरपालिकाका सूचना अधिकारी तुलसा अर्यालले अहिले पनि समस्याको निकास निकाल्न पालिका तयार रहेको बताइन् । ‘बाटो बन्द भएको छैन । व्यवसायीको ल्याकिङलाई वेएआउट निकाल्न तयार छौं,’ अर्यालले भनिन् ।

उपमहानगरपालिका अनुगमन महाशाखा प्रमुख ठगिश्वर पोखरेलले अब व्यवसायीहरूले अटेरी गर्न नहुने बताए ।

बुटवल उपमहानगरपालिका– १० रामनगरमा २ विघा ३ कट्ठा क्षेत्रफलमा वधशाला बनेको छ ।

वधशालामा खसी बोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित