३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

फूलपातीदेखि टीकासम्मको मौसम आकलन: यी दुई प्रदेशमा मात्र वर्षाको सम्भावना बढी

बिहीबार (असोज २४ गते) दसैँको मुख्य दिन सुरु हुँदै छ। असोज २४ गते सप्तमी अर्थात् फूलपाती हो।

यसपटक अष्टमी र नवमी भने एकैदिन असोज २५ गते (शुक्रबार) परेका छन् भने २६ गते विजया दशमी अर्थात् टीका हो।

यसैबीच दसैँका यी मुख्य ३ दिन मौसम कस्तो होला त भन्ने विषयमा जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुलेटिन जारी गरेको छ।

जसअनुसार कोसी प्रदेश र मधेस प्रदेशमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका चाहिँ पहाडी भूभागमा मात्र हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

समग्रमा केही प्रदेशमा मनसुन बाँकी रहे तापनि दसैँमा वर्षाले खासै समस्या पार्ने देखिएको छैन।

किनकि मौसम महाशाखाले कतै पनि भारी वर्षा हुने सम्भावना देखाएको छैन।

बरु चिसो भने केही बढ्न सक्ने अनुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार जारी दसैँ विशेष मौसम बुलेटिनमा भनिएको छ : यस वर्ष दसैँको सप्तमी (२४ गते), अष्टमी/नवमी (२५ गते) र दशमी (२६ गते) का दिनहरूमा कोसी प्रदेश र मधेस प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही कोसी प्रदेश र मधेस प्रदेशका थोरै स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहने तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने देखिन्छ। साथै उक्त दिनहरूमा अधिकांश स्थानमा अधिकतम तथा न्यूननतम तापक्रम सरदरभन्दा थोरै घट्ने सम्भावना रहेको देखिन्छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित