रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

कार्तिक २४ गतेदेखि यूएईको फलाई दुबईले भैरहवा बाट उडान गर्दै

बुटवल । आगामी कार्तिक २४ गतेदेखि यूएईको राष्ट्रिय ध्वजावाहाक फलाई दुबईले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने भएको छ ।

हप्ताको सातै दिन फलाई दुबईले दुबई भैरहवा र भैरहवा, काठमाडौं हुंदै दुबई उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार कार्तिकदेखि फलाई दुबई भैरहवा उडान भर्न तयार भएको हो ।

फलाई दुबईको जहाज दिउसो एक बजेर ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ भने भैरहवाबाट पौने ३ बजे काठमाडौं प्रस्थान गर्ने छ ।
काठमाडौंबाट भने साढे ४ बजे दुबई उड्ने छ । यो उडानले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकतर्फी उडान भएपनि भैरहवाबाट दुबई जानेलाई सहज हुने आशा गरिएको छ ।

भैरहवाबाट दुबई जान चाहनेले काठमाडौंमा एक घण्टा ट्रान्जिटमा बस्नु पर्नेछ । कुवेतको जजिरा एयरवेजले पनि भैरहवाबाट पुनः उडान गर्ने भएको छ । जजिराले कार्तिक १२ गते अर्थात् अक्टोवर २८ बाट कुवेत भैरहवा कुवेत उडान गर्न लागेको हो ।

विमानस्थलबाट उडानका लागि जजिराले नागरिक उड्डयन प्राधिकरणसंग अनुमति मागिसकेको छ ।

हप्तामा ३ दिन जजिराको जहाज बिहान ६ बजेर २५ मिनेटमा भैरहवा आएर ७ बजेर १० मिनेटमा कुवेत उड्ने छ । दुई वर्ष अघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसंगै जजिराले भैरहवामा उडान थालेको थियो ।

यसैबीच नेपाल वायुसेवा निगमले यहि असोज २४ गते फूलपातीका दिन काठमाडौंबाट भैरहवा न्यारोबडी जहाज उडान गर्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा निगमले यो उडान गर्न लागेको हो ।

२४ गते बिहान ११ बजे काठमाडौं बाट भैरहवा र साढे १२ बजे भैरहवाबाट काठमाडौं उडान गर्ने जनाएको छ । काठमाडौंबाट भैरहवाको लागि ७ हजार र भैरहवाबाट काठमाडौंको लागि ३ हजार ८९० रुपैयां भाडा तय गरिएको छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित