युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

बधशालामा पशु बध नगरेको भन्दै सुपा देउराली मासु पसललाई ५० हजार जरिवाना सहित साढे २६ केजी मासु जफत

बुटवल । बुटवल सुख्खानगरमा रहेको सुपा देउराली मासु पसललाई बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले ५० हजार जरिवाना सहित मासु जफत गरी नष्ट गरेको छ ।

पटक–पटक बुटवलको अत्याधुनिक पशु बधशालाबाट मात्र खसी बोकालाई बध गरेर मासु विक्रि गर्न उपमहानगरपालिकाले आग्रह गरेपनि उक्त मासु पसलले अटेर गरेपछि तेस्रो चरणमा ५० हजार जरिवाना र मासु जफत गरिएको हो । बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्याकंन शाखाका अधिकृत ठगिश्वर पोख्रेलले बधशाला बाट बध नगरी घरमै बध गरेर फ्रिजमा राखेको साढे २६ केजी मासु बरामद गरी नष्ट गरेको जानाकारी दिए ।

व्यवसायीलाई पटक पटक जानाकारी दिदा समेत अटेर गरेकाले तेस्रो चरणमा ५० हजार जरिवाना गरिएको र अब फेरी पनि पसलमै खसी, बोका बध गरेको भेटिएमा पसल नै शिल गरिदिने उनको भनाई छ ।

अनुगमन टोलीले मंगलबार ३ वटा मासु पसलमा अनुगमन गर्दा २ वटा मासु पसलमा भने मासु भेटिएको थिएन । अनुगमनमा शसस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार सहितको टोली पुगेको थियो ।

पहिलो चरणमा अनुगमनमा जांदा पसलमै बध गरेका यवसायीहरुलाई उपमहानगरपालिकाको अनुगमन टोलीले १० हजार जरिवाना गरेको थियो । दोस्रो पटकमा २५ हजार जरिवाना गरेको थियो ।

उक्त जरिवाना व्यवसायीहरुले भने बुझाएनन् । जरिवाना बुझाउन पत्र दिएपनि अटेर गर्नुका साथै खसी, बोकाको मासु पशु बधशालामा बध नगरी घरमै गरेको भेटिएपछि अनुगमन टोलीले ५० हजार जरिवाना तेस्रो पटकमा गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित