निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

बधशालामा पशु बध नगरेको भन्दै सुपा देउराली मासु पसललाई ५० हजार जरिवाना सहित साढे २६ केजी मासु जफत

बुटवल । बुटवल सुख्खानगरमा रहेको सुपा देउराली मासु पसललाई बुटवल उपमहानगरपालिकाको अनुगमन टोलीले ५० हजार जरिवाना सहित मासु जफत गरी नष्ट गरेको छ ।

पटक–पटक बुटवलको अत्याधुनिक पशु बधशालाबाट मात्र खसी बोकालाई बध गरेर मासु विक्रि गर्न उपमहानगरपालिकाले आग्रह गरेपनि उक्त मासु पसलले अटेर गरेपछि तेस्रो चरणमा ५० हजार जरिवाना र मासु जफत गरिएको हो । बुटवल उपमहानगरपालिकाका अनुगमन तथा मुल्याकंन शाखाका अधिकृत ठगिश्वर पोख्रेलले बधशाला बाट बध नगरी घरमै बध गरेर फ्रिजमा राखेको साढे २६ केजी मासु बरामद गरी नष्ट गरेको जानाकारी दिए ।

व्यवसायीलाई पटक पटक जानाकारी दिदा समेत अटेर गरेकाले तेस्रो चरणमा ५० हजार जरिवाना गरिएको र अब फेरी पनि पसलमै खसी, बोका बध गरेको भेटिएमा पसल नै शिल गरिदिने उनको भनाई छ ।

अनुगमन टोलीले मंगलबार ३ वटा मासु पसलमा अनुगमन गर्दा २ वटा मासु पसलमा भने मासु भेटिएको थिएन । अनुगमनमा शसस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी, पत्रकार सहितको टोली पुगेको थियो ।

पहिलो चरणमा अनुगमनमा जांदा पसलमै बध गरेका यवसायीहरुलाई उपमहानगरपालिकाको अनुगमन टोलीले १० हजार जरिवाना गरेको थियो । दोस्रो पटकमा २५ हजार जरिवाना गरेको थियो ।

उक्त जरिवाना व्यवसायीहरुले भने बुझाएनन् । जरिवाना बुझाउन पत्र दिएपनि अटेर गर्नुका साथै खसी, बोकाको मासु पशु बधशालामा बध नगरी घरमै गरेको भेटिएपछि अनुगमन टोलीले ५० हजार जरिवाना तेस्रो पटकमा गरेको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित