युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

उपभोक्ता हित संरक्षण मञ्च बुटवलद्वारा शुभकामना आदान प्रदान

बुटवल। उपभोक्ता हित संरक्षण मञ्च, बुटवलको आयोजनामा सोमबार आउँदै गरेका चाडपर्वहरू वडा दशै, दिपावाली, छठ तथा नेपाल सम्बतको अवसवरमा पारेर शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उपभोक्ता हित संरक्षण मञ्च, बुटवलका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षता तथा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकको प्रमुख आतिथ्यताका कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै पाठकले बजारमा महंगी र अखाद्य वस्तुको नियन्त्रणमा राज्यको ध्यान जानुपर्ने बताए । पाठकले चाडपर्वको समयमा मानव स्वास्थ्यमा असर पर्ने मिसावट रोक्न स्थानीय सरकारको अनुगमनमा तदारूपता आवश्यकको बताए । उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले जिल्लाभर उपभोक्ता अधिकार सम्बन्धी जनचेतना कार्यक्रम आवश्यक रहेको बताए । मञ्चले समय समयमा उपभोक्तलाई सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य ऋषि आजाद, उपभोक्ता हित संरक्षण मञ्च तिलोत्तमा अध्यक्ष तुलसी बञ्जाडे, तुलसी भण्डारी, लेखनाथ घिमिर, वेदप्रसाद गैरे, दिलीपप्रसाद गैरे, शोभाकर शर्मा, हेम क्षेत्री पछाई, राजु लिगल, मीना खड्का, नमकला न्यौपाने लगायतले बोल्दै बजारमा हुने कृत्रिम अभाव, मिसावटयुक्त र कमसल वस्तु बेचबिखन, अनुचित व्यापारिक क्रियाकलापलाई रोक्नुपर्नेमा जोड दिएका थिए । उपभोक्ता हित संरक्षण मञ्च बुटवलका उपाध्यक्ष भक्त बहादुर कार्की उपाध्यक्ष स्वागत तथा सचिव लिलाधर लुइटेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित