दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

उपभोक्ता हित संरक्षण मञ्च बुटवलद्वारा शुभकामना आदान प्रदान

बुटवल। उपभोक्ता हित संरक्षण मञ्च, बुटवलको आयोजनामा सोमबार आउँदै गरेका चाडपर्वहरू वडा दशै, दिपावाली, छठ तथा नेपाल सम्बतको अवसवरमा पारेर शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उपभोक्ता हित संरक्षण मञ्च, बुटवलका अध्यक्ष समुन्द्र जिसीको अध्यक्षता तथा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकको प्रमुख आतिथ्यताका कार्यक्रम भएको हो ।

सो अवसरमा बोल्दै पाठकले बजारमा महंगी र अखाद्य वस्तुको नियन्त्रणमा राज्यको ध्यान जानुपर्ने बताए । पाठकले चाडपर्वको समयमा मानव स्वास्थ्यमा असर पर्ने मिसावट रोक्न स्थानीय सरकारको अनुगमनमा तदारूपता आवश्यकको बताए । उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले जिल्लाभर उपभोक्ता अधिकार सम्बन्धी जनचेतना कार्यक्रम आवश्यक रहेको बताए । मञ्चले समय समयमा उपभोक्तलाई सचेतना कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य ऋषि आजाद, उपभोक्ता हित संरक्षण मञ्च तिलोत्तमा अध्यक्ष तुलसी बञ्जाडे, तुलसी भण्डारी, लेखनाथ घिमिर, वेदप्रसाद गैरे, दिलीपप्रसाद गैरे, शोभाकर शर्मा, हेम क्षेत्री पछाई, राजु लिगल, मीना खड्का, नमकला न्यौपाने लगायतले बोल्दै बजारमा हुने कृत्रिम अभाव, मिसावटयुक्त र कमसल वस्तु बेचबिखन, अनुचित व्यापारिक क्रियाकलापलाई रोक्नुपर्नेमा जोड दिएका थिए । उपभोक्ता हित संरक्षण मञ्च बुटवलका उपाध्यक्ष भक्त बहादुर कार्की उपाध्यक्ष स्वागत तथा सचिव लिलाधर लुइटेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित