भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

मासु व्यवसायी अहिलेको अबस्थामा बधशालामा जान नसक्ने घोषणा

बुटवल, असोज १८ । मासु व्यवसायी संघ नेपाल रूपन्देहीमा आबद्ध व्यवसायीहरूले अहिलेको अबस्थामा बधशालामा जान नसक्ने बताएका छन् । बुटवल उपमहानगरले खसीबोको मासु वधशालामा मात्रै वध गरेको विक्री वितरण गर्नुपर्ने निमय लागू गर्दै कडाइ गर्न थालेपछि संघले यसबारेमा यहाँका व्यवसायीहरु र साना किसानसमेतको सहभागितामा शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी बुटवल उपमहानगरमा ध्यानाकर्षण गराएको बारे जानकारी गराएको छ । व्यवसायीहरुले उपमहानगरले व्यवसायी र किसानहरूसँग गरेको सम्झौता तोडेर बधशाला सञ्चालनमा ल्याएकोले आफुहरू त्यहाँ जान नसक्ने बताएका हुन् ।
संघका अध्यक्ष विशाल थापाले अहिले बुटवल उपमहानगरपालिकाले त्यसबेला गरिएको सम्झौता सार्वजनिक–निजी–उत्पादक–साझेदारीक (फोर पी) मोडल लत्याएर आम किसान तथा व्यवसायीको माग विपरित नयाँ टेण्डर आब्हान गरी एउटा कम्पनीलाई जिम्मा दिएर सञ्चालन गर्न खोजेकोले व्यवसायीले यसको विरोध गर्दै आएको बताए । बुटवल उपहानगरले बधशाला मात्रै देखेको तर, अरु उपभोक्ता हीतका पक्षमा कानुन बनाउने, नियमन गर्ने, व्यवसायको वातावरण बनाउने तर्फ भने कुनै पहल नै नगरेको अध्यक्ष आरोप लगाए । सिमित विचौलिया, ठूला घरानाको प्रभावमा परेर कानुन बनाएको र त्यहीँ अपुरो तथा विभेदकारी कानुनको आडमा आतंक सिर्जना गर्नेगरी उपमहानगर प्रस्तुत भएको उनले बताए ।
आफुहरुले बुटवल उपमहानगरलाई मासु पसलका लागि स्पष्ट मापदण्ड बनाउन, नियमनका लागि निर्देशिका बनाउन, उपभोक्ता हितका पक्षमा कानुन बनाउन, साना किसान र व्यवसायीको लगानी भइसकेको करोडौं रकमको सुरक्षाको ग्यारेन्टी गर्न ध्यानाकर्षण गराएको पनि युवा उद्यमी थापाले जानकारी दिए ।
उनले अहिलेको बधशालामा किसान र मासु व्यसायीलाई अपनत्व नगराइने हो भने आफुहरुले अलग्गै कम्पनी स्थापना गरेर अन्तर्राष्ट्रिय स्तरको बधशाला सञ्चालन गर्छौं त्यसको मापदण्ड बनाइदिनुस्, अनुमति दिनुस् भन्दै उपमहानरमा गएको तर त्यहाँ त्यस्तो कानुन नै नबनाइएको प्रतिक्रिया आएको बताए । ‘न मासु पसलमा मापदण्ड पूरा गर्छौं भन्दा मान्ने, न बधशालामा अपनत्व दिने यसले त सयौं व्यवसायीलाई सिधा सिधा पलायनको अवस्थामा पु¥याउने निश्चित छ ।’ थापाको दुखेसो छ ।
संघका महासचिव थानेश्वर सुवेदीले उपमहानगरपालिकाले संवादबाट समाधानको पहल निकाल्नुपर्नेमा उल्टो अनुगमनमा नाममा एकैपटक १० हजार, २५ हजार र ५० हजार जरिवाना तोक्दै बन्दूक लिएका सुरक्षाकर्मीलाई पसलपसलमा पठाएर आकंक सिर्जना गरेको बताए ।
मासु व्यवसायको क्षेत्रमा लामो समयदेखि आवद्ध बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिका अध्यक्ष कृष्ण पौडेलले बधशालाका विषयमा बुटवल उपमहानगरले अहिले साँघुरो र अपुरो कानुन बनाएर हजारौं किसान र व्यवसायीलाई निमिट्यान्न पार्ने कोसिस गरेको गुनासो गरे । उनले बधशालामा नगएको भन्दै उपमहानगरले व्यवसायीहरुमाथि धरपकड गरि आतंककारीको जस्तो व्यवहार गरेको बताए । ‘किसान र मासु व्यवसायीका अलग अलग इन्भेष्टमेन्ट कम्पनी निर्माण गरेर उपमहानगरको मातहतमा बधशालामा सहकार्य गरिएको तर अहिले तिनै साना किसान र व्यवसायीलाई निराश बनाउने काम भएको छ ।’, उनले भने ।
बाख्रा उत्पादक अगुवा किसान हेमाकुमारी पौडेलले महिलाहरुले सहकारीमार्फत जम्मा गरेको लाखौं रकमको प्रतिफलको त के सुरक्षाको समेत कुनै ग्यारेन्टी नगरी ४० हजार भन्दा धेरै महिला दिदीबहिनीहरुले गाँस काटेर जुटाएको रकममा अहिले उपमहानगरले पूर्वाग्रह साँधेको गुनासो गरिन् । पौडेलसहितका धेरै बाख्रा उत्पादन गर्ने पाल्पा र अर्घाखाँचीका केही अगुवा महिलाहरु बधशालाको साझेदारी मोडलमा आवद्ध भएका थिए । ‘बाख्रा पाल्ने दिदीबहिनीहरुलाई पनि कम्पनीको मालिक बनाउने भन्दै उत्साहका साथ साझेदारीको अभियानम सरिक भएका थियौं तर, अहिले बुटवल उपमहानगरले ती ४० हजार दिदी बहिनी र तिनका परिवारको पेटमा लात्त हान्ने काम गरेको छ’ अगुवा महिला पौडेलको गुनासो छ ।
रुपन्देही किसान संघका अध्यक्ष ऋषिराम काफ्ले किसान र साना व्यवसायी मासेर विचौलियालाई पोस्नेगरी बुटवल उपमाहानगर प्रस्तुत भएको आरोप लगाए । उनले के उपमहानगरले हामी किसानले उत्पादन गरेका सबै सामान खरिद गर्न सक्छ ? के सबैको उचित मूल्य दिन सक्छ ? भन्दै प्रश्न पनि गरे ।
बधशाला निर्माणमा सुरुदेखि नै प्राविधिक विषयमा सहकार्य गर्दै आएको र यसमा मात्रै करिब ५ करोड रुपैयाँ जति लगानी गरिसकेको हेफर इन्टरनेशनलका प्रोजेक्ट इन्चार्ज प्रेम स्याम्बूले हजारौं किसान दिदीबहिनी र व्यवसायीले साझेदारी गर्दा नै बधशालाको दिगो सञ्चालनको ग्यारेन्टी हुने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित