तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

हत्या आरोपमा तिलोत्तमाका आशिष भण्डारी पक्राउ

बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । भारत नयां दिल्लीका मोहम्मद अज्जर खानलाई हत्या गरेको आरोपमा प्रहरीले स्याङजा गल्याङ नगरपालिका घर भई तिलोत्तमा वडा नं. १६ मद्दवलिया बस्ने आशिष भण्डारीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रजिंत सिंह राठोरले खानलाई हत्या गरेको आरोपमा भण्डारीलाई उनकै घरबाट पक्राउ गरिएको जानाकारी दिए ।

गत भदौ ३१ गते रुपन्देहीको तिलोत्तमा वडा नं. १३ मोडहामा रहेको धान खेतमा भेटिएको जेव्रा झोला भित्र शव भेटिएको थियो । उक्त शव पहिचान गर्दा नयांदिल्लीका खानको भएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख सिंहले भण्डारी र खान बीच यस अघि राम्रो सम्बन्ध भएको र भण्डारीको घरमै आएको अवस्थामा आपसमा विवदा हुंदा भण्डारीले खानको हत्या गरी शवलाई धान खेतमा लगेर फ्याकेको अनुसन्धानबाट खुलेको बताए ।

भण्डारी र खान बीच भारतमा ८ महिना देखि फोटोग्राफिको कामको शिलशिलामा चिनजान भएको अनुसन्धानबाट देखिएको उनले बताए । भारतमा संगै फोटो स्टुडियोमा काम गरेका भण्डारी केही महिना अघि मात्र रुपन्देहीमा आएका थिए ।

प्रहरी प्रमुख सिंहले हत्याको थप अनुसन्धान भइरहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित