
बुटवल । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । भारत नयां दिल्लीका मोहम्मद अज्जर खानलाई हत्या गरेको आरोपमा प्रहरीले स्याङजा गल्याङ नगरपालिका घर भई तिलोत्तमा वडा नं. १६ मद्दवलिया बस्ने आशिष भण्डारीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रजिंत सिंह राठोरले खानलाई हत्या गरेको आरोपमा भण्डारीलाई उनकै घरबाट पक्राउ गरिएको जानाकारी दिए ।
गत भदौ ३१ गते रुपन्देहीको तिलोत्तमा वडा नं. १३ मोडहामा रहेको धान खेतमा भेटिएको जेव्रा झोला भित्र शव भेटिएको थियो । उक्त शव पहिचान गर्दा नयांदिल्लीका खानको भएको पुष्टि भएको प्रहरीले जनाएको छ । प्रहरी प्रमुख सिंहले भण्डारी र खान बीच यस अघि राम्रो सम्बन्ध भएको र भण्डारीको घरमै आएको अवस्थामा आपसमा विवदा हुंदा भण्डारीले खानको हत्या गरी शवलाई धान खेतमा लगेर फ्याकेको अनुसन्धानबाट खुलेको बताए ।
भण्डारी र खान बीच भारतमा ८ महिना देखि फोटोग्राफिको कामको शिलशिलामा चिनजान भएको अनुसन्धानबाट देखिएको उनले बताए । भारतमा संगै फोटो स्टुडियोमा काम गरेका भण्डारी केही महिना अघि मात्र रुपन्देहीमा आएका थिए ।
प्रहरी प्रमुख सिंहले हत्याको थप अनुसन्धान भइरहेको बताए ।