भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

बधशालामा जान व्यवसायीलाई बुटवलको निरन्तर कडाई

बुटवल । बुटवलमा मासु पसलहरुलाईको निरन्तर अनुगमन र बधशालामा जानको लागि कडाईलाई जारी राखिएको छ । बिगत ६ दिनदेखि बुटवल उपमहानगरपालिकाको टोलीले विभिन्न वडाका मासु पसलहरुलाई निर्देशनात्मक रुपमा कडाईका साथ बधशालामा जान आग्रह गरिरहेको छ ।

बुधबार पनि बुटवल वडा नम्बर ७, ८ र ११ का विभिन्न खसी बोकाका मासु पसलहरुलाई अनुगमन गरिएको छ । अनुगमनका क्रममा धेरैजसो व्यवसायीलाई पसल बन्द गरी पालिकाको निर्देशनलाई अटेरी गरेका छन ।

तर, बुटवल उपमहानगरपालिकाले नगरबासीलाई स्वच्छ र गुणस्तरीय मासु पाउने व्यवस्थाको लागि बधशालामा गएर मासु काटन व्यवसायीलाई आग्रह गरिरहेको बुटवल उपमहानगरपालिका राजश्व शाखाका अनिल मान्डब्यले बताए ।

उपमहानगरपालिकाले ऐन बनाएर प्रतिबन्ध लगाएको १ वर्ष पुग्दासम्म ऐन कार्यान्वयन हुन नसकेपछि उपमहानगरले बजार क्षेत्रको पशुबधलाई बन्द गराउन प्रक्रिया अगाडि बढाएको छ ।

पालिकाको अटेरी गर्ने व्यवसायीलाई पहिलो चरणमा १० हजार र दोस्रो चरणमा पनि पसलमा मासु काटेको भेटेपछि २५ हजार रुपैयाँसम्मको जरिवानाको पत्र काटेको छ ।

स्वच्छ मासु मात्रै बिक्रीका लागि पटक–पटक आग्रह गर्दासमेत अटेरी गरेपछि जरिवाना गरिएको र पुन अटेर गरे अब ५० हजार जरिवाना गरिने र त्यसपछि पनि अटेर गरेमा मासुपसलमा शिल गरिने मान्डब्यको भनाइ छ । बुटवल उपमहानगर बुटवलवासीको स्वास्थ्यप्रति विशेष संवेदनशील रहेको बताउंदै बधशालामा बध गरिएको मासु मात्रै बिक्री–वितरण गर्न र वध गरिएको मासु मात्रै उपभोग गर्न आग्रह गरेको छ ।

बुटवलका मासु व्यवसायीले भने एउटा ब्यवसायिक कम्पनीलाई एकाधिकार दिलाउन उपमहानगरले मासुमा ‘सेण्डिकेट’ लगाउन थालेको आरोप लगाएका छन् ।

बधशालाको ठेकेदारले ब्यवसायीको खसीबोका काटिदिएको प्रति एकको एक हजार लिँदा उपभोक्तालाई मासु महङ्गो पर्नजाने तर्क गर्दै उनीहरुले पशुबधको मापदण्ड बनाएर ब्यवसायीलाई पनि मापदण्डभित्र रहेर बधशाला संचालन गर्न दिनुपर्ने माग गर्दै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित