कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम व्यवसायीद्वारा ग्रील जोनको माग                
समाचार :

दाउन्ने सडक मंगलबार रातभर बन्द गरिने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्ड मंगलबार रातभर बन्द गरिने भएको छ । पहिरोले भत्किएको सडक मर्मत गर्न रातभर यातायात सञ्चालनमा रोक लगाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले जानकारी दिइन् ।

उनका अनुसार सडकको रिर्टेनिङ वाल भत्किएर सडक ४०० मिटर भासिएको छ । ‘सडक भासिँदा हाइटेन्सन टावरसमेत ढलेको छ,’ प्रजिअ श्रेष्ठले भनिन्, ‘सडक मर्मतगरी सहज रूपमा यातायात सञ्चालनमा ल्याउन भदौं १५ गते राति १० बजेदेखि १६ गते बिहान ५ बजेसम्म बर्दघाट बजारदेखि पूर्वी सिमाक्षेत्र दाउन्नेसम्म अत्यावश्यकबाहेक सम्पूर्ण साधनहरू सञ्चालनमा रोक लगाइएको छ ।’

बर्दघाट नगरपालिका–४ मा पर्ने खोलामा सडक भासिएपछि सोमबार साँझदेखि बन्द भएको सडक मंगलबार बिहान पौने ९ बजेदेखि एकतर्फी यातायात सञ्चालनमा आएको थियो ।

अहिले मर्मत भएर एकतर्फी सञ्चालनमा आए पनि ठूलो पानी परेको अवस्थामा सडक भत्किने अवस्था छ । त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सडक बन्द गरेर काम गर्न लागिएको प्रजिअ श्रेष्ठले बताइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित