निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

यसपालि दसैँमा देखिएन मनसुन बाहिरिने संकेत

यसपालि दसैँमा मौसम सफा नरहने अर्थात् मनसुन (पानी पार्ने प्रणाली) नहट्ने सम्भावना बढेको छ।

मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। जुन मिति भोलि (बुधबार) हो।

तर आगामी ३ दिनसम्म मनसुन बाहिरिने कुनै संकेत नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी बताउँछन्।

‘हामी सामान्यतया ३ दिनसम्मको मौसम विश्लेषण गर्छाैं, जसका आधारमा भन्नुपर्दा कम्तीमा आगामी ३ दिनसम्म मनसुन बाहिरिने सम्भावना पटक्कै छैन।’

उनका अनुसार दसैँ आउँदासम्म पश्चिम नेपाल (गण्डकीदेखि पश्चिमतर्फका प्रदेश) मा मौसम केही सफा हुने सम्भावना देखिए पनि मध्य र पूर्वी नेपाल अर्थात् गण्डकीदेखि पूर्व कोसी प्रदेशसम्म वर्षा जारी रहने सम्भावना छ।

‘तर त्यस्तो आत्तिनुपर्ने खालको झरी हुँदैन’, मौसमविद् अधिकारीले भने, ‘हल्कादेखि मध्यमसम्म वर्षा हुनसक्छ।’

त्यसो त गत वर्षहरूमा पनि मनसुन औसत मितिभन्दा दुई हप्तासम्म ढिलागरी बाहिरिएका उदाहरण पनि छन्।

‘जस्तो : २०७० सालमा मनसुन कात्तिक २ गते (अक्टोबर १९) मा बाहिरिएको थियो, यसैगरी २०६५ मा पनि मनसुन कात्तिक १ गते (अक्टोबर १७) मा बाहिरिएको थियो’, मौसमविद् अधिकारीले भने, ‘यसपटक पनि मनसुन बाहिरिन ढिला हुने त निश्चितै भइसक्यो, किनभने मनसुन बाहिरिने औसत मिति भोलि (अक्टोबर २) नै हो।’

तर केही दिनअघिजस्तो लगातार र भीषण वर्षाको सम्भावना भने नरहेको उनको दाबी छ।

‘म सबैलाई के भन्न चाहन्छु भने मनसुन नबाहिरिए पनि दसैँमा त्यस्तो आत्तिन पर्ने खालको अवस्था आउँदैन’, उनले भने।

मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने औसत मिति अक्टोबर २ हो। तर यसपालि मनसुन ३ दिन छिटो अर्थात् जुन १० तारिखमै नेपाल भित्रिएको थियो।

नेपालको पूर्वबाट प्रवेश गरेर पश्चिम फैलिँदै जाने मनसुन बाहिरिँदा पनि पूर्वबाटै बाहिरिन्छ। मनसुन बाहिरिएपछि बर्खा सकिएको मानिन्छ।

त्यसपछि पोस्ट मनसुन सिजन सुरु हुने मौसमविद् बताउँछन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित