रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

यसपालि दसैँमा देखिएन मनसुन बाहिरिने संकेत

यसपालि दसैँमा मौसम सफा नरहने अर्थात् मनसुन (पानी पार्ने प्रणाली) नहट्ने सम्भावना बढेको छ।

मौसमविद्का अनुसार नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। जुन मिति भोलि (बुधबार) हो।

तर आगामी ३ दिनसम्म मनसुन बाहिरिने कुनै संकेत नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारी बताउँछन्।

‘हामी सामान्यतया ३ दिनसम्मको मौसम विश्लेषण गर्छाैं, जसका आधारमा भन्नुपर्दा कम्तीमा आगामी ३ दिनसम्म मनसुन बाहिरिने सम्भावना पटक्कै छैन।’

उनका अनुसार दसैँ आउँदासम्म पश्चिम नेपाल (गण्डकीदेखि पश्चिमतर्फका प्रदेश) मा मौसम केही सफा हुने सम्भावना देखिए पनि मध्य र पूर्वी नेपाल अर्थात् गण्डकीदेखि पूर्व कोसी प्रदेशसम्म वर्षा जारी रहने सम्भावना छ।

‘तर त्यस्तो आत्तिनुपर्ने खालको झरी हुँदैन’, मौसमविद् अधिकारीले भने, ‘हल्कादेखि मध्यमसम्म वर्षा हुनसक्छ।’

त्यसो त गत वर्षहरूमा पनि मनसुन औसत मितिभन्दा दुई हप्तासम्म ढिलागरी बाहिरिएका उदाहरण पनि छन्।

‘जस्तो : २०७० सालमा मनसुन कात्तिक २ गते (अक्टोबर १९) मा बाहिरिएको थियो, यसैगरी २०६५ मा पनि मनसुन कात्तिक १ गते (अक्टोबर १७) मा बाहिरिएको थियो’, मौसमविद् अधिकारीले भने, ‘यसपटक पनि मनसुन बाहिरिन ढिला हुने त निश्चितै भइसक्यो, किनभने मनसुन बाहिरिने औसत मिति भोलि (अक्टोबर २) नै हो।’

तर केही दिनअघिजस्तो लगातार र भीषण वर्षाको सम्भावना भने नरहेको उनको दाबी छ।

‘म सबैलाई के भन्न चाहन्छु भने मनसुन नबाहिरिए पनि दसैँमा त्यस्तो आत्तिन पर्ने खालको अवस्था आउँदैन’, उनले भने।

मौसमविद्का अनुसार नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो भने बाहिरिने औसत मिति अक्टोबर २ हो। तर यसपालि मनसुन ३ दिन छिटो अर्थात् जुन १० तारिखमै नेपाल भित्रिएको थियो।

नेपालको पूर्वबाट प्रवेश गरेर पश्चिम फैलिँदै जाने मनसुन बाहिरिँदा पनि पूर्वबाटै बाहिरिन्छ। मनसुन बाहिरिएपछि बर्खा सकिएको मानिन्छ।

त्यसपछि पोस्ट मनसुन सिजन सुरु हुने मौसमविद् बताउँछन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित