तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

लुम्बिनीका सबै पहाडी जिल्लाका सडक अवरुद्ध

निरन्तर परेको वर्षापछिको पहिरोले लुम्बिनी प्रदेशका सबै पहाडी जिल्लाका बाटो अवरुद्ध भएका छ्न् । निरन्तर पानी परेपछि तत्काल खुलाउन सक्ने अवस्था नरहेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ । अहिलेसम्म कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडक शुक्रबार साँझदेखि पहिरोले अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिका ३ केराबारी भन्ने स्थानमा पहिरोले सडक पुरिएपछि पूर्ण रुपमा अवरुद्ध बनेको छ ।

सडक अवरुद्ध हुँदा बुटवलदेखि पाल्पा, पोखरा, स्याङ्जा, गुल्मी लगायतका ठाउँका लागि हिडेका तथा त्यहाँबाट बुटवलतर्फ आउँदै गरेका सवारीहरु बीच बाटोमै अलपत्र परेका छन् ।

शुक्रबार साझदेखि अवरुद्ध बनेको उक्त सडक शनिबार विहान पहिरो सफा गरेपछि मात्रै खुला हुने बताइएको छ । निरन्तरको वर्षा र रातको समय भएका कारण पहिरो खुलाउन शनिबारसम्म कुर्नुपर्ने अवस्था आएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी पाल्पाको बर्तुङ पोखरा सडक पनि पहिरोले अवरुद्ध भएको छ । बगनासकाली–१ मा पहिरोले बाटो अवरुद्ध भएको हो । उता रोल्पा त्रिबेणी गाउँपालिकास्थित सहिद मार्ग पनि पहिरोले पूर्ण रुपमा अवरुद्ध भएको छ । त्यस्तै गुल्मीको छत्रकोट गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा रिडी तम्घास सडक खण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण लुम्बिनी प्रदेशका पहाडी जिल्ला रोल्पा, रुकुमपूर्य, प्यूठान, अर्घाखाँची, गुल्मी, पाल्पाका विभिन्न मुख्य तथा सहायक सडकहरु पूर्ण अवरुद्ध भएका छन् । निरन्तर वर्षा भइरहेकाले यहाँका बाटो खुलाउन समय लाग्ने त्यहाँस्थित प्रहरी कार्यालयहरुले जनाएका छन् ।

त्यसैगरी तराई क्षेत्रमा बाढीको खतरा बढ्दै गएको छ । नवलपरासीमा गण्डक, रुपन्देहीमा तिनाउ, दावन र रोहिणी, कपिलवस्तुमा वाणगंगा, दाङमा राप्ती नदीमा बढेको बाढीबाट सर्तकर्ता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । शनिबार बिहानसम्म नदी तटीय क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित