रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

पाल्पा बुटवल सडक खण्डको केराबारीमा ठुलो पहिरो, अवरुद्ध सडक शनिवार मात्रै खुल्ने

सिद्धार्थ राजमार्गअन्तर्गत बर्तुङ–दोभान खण्डको केराबारीमा पहिरो खसेपछि शुक्रबार अपराह्न साढे ४ बजेदेखि सडक अवरुद्ध भएको छ।

तिनाउ गाउँपालिका–५, मस्याम केराबारी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । दुई वटा लोडर लगाएर सडक डिभिजन पाल्पाले खुलाउने प्रयास गरे पनि ठूला ढुंगा भेटिएपछि खुलाउन नसकिएको जनाएको छ ।

सडक डिभिजन हेभी इक्वीपमेन्ट बुटवलबाट शनिबार बिहानमात्र ब्रेकर आउने सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर दुर्गा गौतमले जानकारी दिए ।सडक खुलाउने प्रयास गरे पनि ठूला ढुंगा भेटिएकाले समस्या भएको हो,’ उनले भने, ‘रातिको समयमा सवारी साधन बन्द हुने र त्यसका लागि सुरक्षित स्थानमै सवारी साधन व्यवस्थापन गर्न प्रहरीलाई आग्रह गरिएको छ ।’पहिरोसहित ठूला ढुंगा खसेका कारण सडक आवागमन पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित