तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

घरेलु हिंसाको आरोपमा प्रदेशसभा सांसद गुप्ताविरुद्ध श्रीमतीले दिइन् उजुरी

लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्य चन्द्रकेश (सीके) गुप्ताविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । उनीविरुद्ध श्रीमती कान्तीले आइतबार उजुरी दर्ता गराएकी हुन् ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कान्तीकुमारी यादवले गुप्ता र उनको परिवारका अन्य सदस्यविरुद्ध मानसिक र शारीरिक हिंसाको आरोप लगाउँदै कारबाहीको मागसहित उजुरी दिएकी हुन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ निवासी गुप्तासँग नवलपरासीको प्रतापपुर गाउँपालिका–९ निवासी कान्तिको ६ वर्ष अगाडि विवाह भएको थियो ।

कान्तीले गत वर्ष कात्तिकमा पनि प्रशासनमा उजुरी दिएकी थिइन् । उक्त उजुरीपश्चात् दुवै जनालाई बोलाएर छलफल गरी मिल्ने सर्तमा पठाइएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । ‘यसपटक शुक्रबार सीकेले सम्बन्ध विच्छेद गर्छु भनी निवेदन दर्ता गराएका थिए,’ उनले भने, ‘छलफलमा बोलाउँदा श्रीमती आउन नभ्याउने भइन र आइतबार उनले उजुरी दर्ता गरिन् ।’ उजुरीपछि पुनः छलफल गरेर मिलाउन खोजे पनि उनीहरुको कुरा नमिल्ने भएपछि छलफल र मिलनको फाइल बन्द गरिएको र कानुनी प्रक्रियामा जान सुझाइएको उनले बताए ।

गत वर्ष यस्तै उजुरी राष्ट्रिय महिला आयोगमा दिइएकोमा ‘अबदेखि यस्तो गल्ती नगर्ने’ भन्दै सीकेले लिखित प्रतिबद्धता जनाएका थिए । उनी रुपन्देहीको क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । सीके र कान्तिका दुई छोराछोरी छन् ।

कान्तिपुर बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित