बुटवलमा शंख बजाउने प्रशिक्षण सम्पन्न जाउपोखरा आधारभूत विद्यालयमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए                
समाचार :

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकखण्ड वन्यजन्तुमैत्री बनाइन

बुटवल । दुई लेनबाट चार लेनमा स्तरोन्नति हुन लागेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकखण्ड वन्यजन्तुमैत्री बनाइने भएको छ ।

यो सडक विस्तार योजना अन्तर्गत पहिलो चरणमा बुटवल–गोरुसिंगे ५० किलोमिटर सडकखण्ड चार लेन बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयांमा ठेक्का लागिसकेको छ ।

असोज पहिलो हप्ताभित्र ठेक्का पाएको चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवनको आशिष निर्माण सेवा जेभीले काम शुरु गर्ने तयारी छ ।

एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागिएको यो सडक नेपालकै पहिलो वन्यजन्तुमैत्री तथा वातावरणमैत्री हुने बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताईन ।

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ अनुसार वन्यजन्तुको आवतजावतलाई सुरक्षित तुल्याई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तु ओहोरदोहोर गर्नकै लागि एउटा ठूलो पुल सहित १९ वटा साना, मझौला क्रसिङ बनाउन लागिएको इन्जिनियर न्यौपानेले बताईन ।

सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यसअघि नै डिजाइन स्वीकृत भइसकेको छ ।

जस अनुसार सालझण्डी–पिपरा जंगल क्षेत्रमा ठूला वन्यजन्तु आवतजावतका लागि कोठी नदीमा ४२ मिटर लामो पुल बनाइने छ । यही जंगल क्षेत्रमा दुईवटा मिडियम वाइल्डलाइफ क्रसिङ र दुई वटा आरसीसी बक्स ब्रिज (साना पुल) बन्ने छन ।

यस्तै कोइली–बनगाई गोरुसिंगे जंगल क्षेत्रमा वन्यजन्तु आवतजावतका लागि १० वटा क्रसिङ बन्दैछन । जसमा आरसीसी बक्स ब्रिज ३ वटा र आरसीसी बक्स कल्भर्ट ७ वटा बनाइने छ । यस्तै बडहरा–बेलगुडवा नदी क्षेत्रमा ५ वटा वन्यजन्तुमैत्री क्रसिङ बन्नेछन ।

जसमा साना वन्यजन्तु क्रसिङ एउटा, आरसीसी बक्स ब्रिज २ वटा र आरसीसी बक्स कल्भर्ट २ वटा बनाइने छ । वन्यजन्तुमैत्री यी संरचनासहित यो सडक खण्डमा ३० वटा पुल, १४९ वटा कलभर्ट र ६ वटा अण्डर पास बनाइने इन्जिनियर न्यौपानेले जानकारी दिईन ।

मुख्य राजमार्ग स्तरोन्नति गर्दा वन्यजन्तुको आवतजावतलाई सहज हुने गरी जैविक विविधता र वातावरण संरक्षणलाई समेत मध्यनजर गरी संरचनाहरुको डिजाइन बनाएर कार्यान्वयन गर्न लागिएको यो नेपालकै ठूलो योजना रहेको उनांको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित