युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकखण्ड वन्यजन्तुमैत्री बनाइन

बुटवल । दुई लेनबाट चार लेनमा स्तरोन्नति हुन लागेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकखण्ड वन्यजन्तुमैत्री बनाइने भएको छ ।

यो सडक विस्तार योजना अन्तर्गत पहिलो चरणमा बुटवल–गोरुसिंगे ५० किलोमिटर सडकखण्ड चार लेन बनाउन १३ अर्ब ५५ करोड ६५ लाख रुपैयांमा ठेक्का लागिसकेको छ ।

असोज पहिलो हप्ताभित्र ठेक्का पाएको चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेशन र चितवनको आशिष निर्माण सेवा जेभीले काम शुरु गर्ने तयारी छ ।

एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने गरी बनाउन लागिएको यो सडक नेपालकै पहिलो वन्यजन्तुमैत्री तथा वातावरणमैत्री हुने बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले बताईन ।

वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ अनुसार वन्यजन्तुको आवतजावतलाई सुरक्षित तुल्याई वन्यजन्तु दुर्घटना कम गर्न तथा मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तु ओहोरदोहोर गर्नकै लागि एउटा ठूलो पुल सहित १९ वटा साना, मझौला क्रसिङ बनाउन लागिएको इन्जिनियर न्यौपानेले बताईन ।

सडक विस्तारका लागि एसियाली विकास बैंक (एडीबी)को सहयोगमा यसअघि नै डिजाइन स्वीकृत भइसकेको छ ।

जस अनुसार सालझण्डी–पिपरा जंगल क्षेत्रमा ठूला वन्यजन्तु आवतजावतका लागि कोठी नदीमा ४२ मिटर लामो पुल बनाइने छ । यही जंगल क्षेत्रमा दुईवटा मिडियम वाइल्डलाइफ क्रसिङ र दुई वटा आरसीसी बक्स ब्रिज (साना पुल) बन्ने छन ।

यस्तै कोइली–बनगाई गोरुसिंगे जंगल क्षेत्रमा वन्यजन्तु आवतजावतका लागि १० वटा क्रसिङ बन्दैछन । जसमा आरसीसी बक्स ब्रिज ३ वटा र आरसीसी बक्स कल्भर्ट ७ वटा बनाइने छ । यस्तै बडहरा–बेलगुडवा नदी क्षेत्रमा ५ वटा वन्यजन्तुमैत्री क्रसिङ बन्नेछन ।

जसमा साना वन्यजन्तु क्रसिङ एउटा, आरसीसी बक्स ब्रिज २ वटा र आरसीसी बक्स कल्भर्ट २ वटा बनाइने छ । वन्यजन्तुमैत्री यी संरचनासहित यो सडक खण्डमा ३० वटा पुल, १४९ वटा कलभर्ट र ६ वटा अण्डर पास बनाइने इन्जिनियर न्यौपानेले जानकारी दिईन ।

मुख्य राजमार्ग स्तरोन्नति गर्दा वन्यजन्तुको आवतजावतलाई सहज हुने गरी जैविक विविधता र वातावरण संरक्षणलाई समेत मध्यनजर गरी संरचनाहरुको डिजाइन बनाएर कार्यान्वयन गर्न लागिएको यो नेपालकै ठूलो योजना रहेको उनांको भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित