तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सिरुको कुचोसँग चामल साट्छिन् सम्झना

दाङको लमही नगरपालिका-९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट आफ्नो जीविकोपार्जन गरिरहेकी छन्। उनले कुचो बनाउने र बजारमा चामलसँग साटेर घर खर्च जुटाइरहेकी छन्।

‘कुचो बनाएर घोराही बजार लैजान्छु, धेरैले चामल दिनुहुन्छ’, चौधरीले भनिन्, ‘कुचो बेचेररसाटेर सङ्कलन भएका चामल तथा रकमले जीविकोपार्जन भइरहेको छ।’

सिरुको कुचो बनाउने गरेको जानकारी दिँदै उनले यसको बजारमा माग धेरै भएको पनि बताइन्।

बजारमा माग भएकाले पछिल्लो एक वर्षदेखि कुचो बनाएर बिक्री गर्ने, चामलसँग साट्ने गरेको चौधरीले बताइन्।

‘एउटा कुचोबापत दुई मानासम्म चामल दिने गर्नुहुन्छ। नगदभन्दा चामलसँग बढी कारोबार हुने गरेको छ’, उनले भनिन्।

चार सन्तानकी आमा सम्झनाले छोराछोरीको बिहेपछि आफू घरमा एक्लै रहेको बताइन्। एकपटकमा ५० वटासम्म कुचो बनाएर बिक्री गर्ने उनले त्यसको आम्दानीले दुई महिनासम्म घर खर्च पुग्ने उनको भनाइ छ।

‘काँचो सिरु ल्याएर त्यसबाट कुचो बनाउँछु, त्यही कुचो सुकेपछि बेच्छु’, उनले भनिन्।

सिरुको कुचो बजारमा पाइने कुचोभन्दा राम्रो हुने भएकाले धेरैले माग गर्ने गरेकाले यो पेसालाई निरन्तरता दिने चौधरीले बताइन्।

‘उमेर पनि गइसक्यो, अरु काम गर्न सकिँदैन’, उनले भनिन्, ‘कुचो बिक्री हुँदासम्म यही पेसालाई निरन्तरता दिनेछु।’

काम सानो वा ठूलो नहुने बताउँदै उनले महिला आत्मनिर्भर हुन आर्थिकस्तर सुधार गर्नुपर्नेमा जोड दिइन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित