युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

रुपन्देहीमा रहेका मैथिली समुदायले मनाए जीतिया पर्व

बुटवल । विभिन्न पेसा व्यवसाय गरेर बस्ने रुपन्देहीमा रहेका मैथिली भाषी व्यक्तिहरूले शनिवार तिलोत्तमामा सामूहिक रूपमा जितिया पर्व मनाएका छन् । मैथिल समाज नेपाल रुपन्देहीको आयोजनामा पर्व मनाइएको हो ।

जितिया पर्व मैथिल समाजका लागि एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो जुन विशेष गरी नेपाल र भारतका मिथिलाञ्चल क्षेत्रमा धूमधामले मनाइन्छ । जितिया पावैन मिलन समारोह २०८१ को तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वरदेबी चौधरीले उद्घाटन गर्दै नेपालको मिथिला क्षेत्रमा यो पर्वले ठुलो सांस्कृतिक महत्त्व राख्ने बत्ताइन । सम्पूर्ण समाजलाई सन्तानप्रतिको मातृस्नेह र धार्मिक आस्थाको बलियो रूपमा जोड्ने काम यो पर्वबाट गरेको उनले बताइन् ।

कार्यक्रममा मैथिल समाज नेपाल रुपन्देहीका अध्यक्ष उदय कुमार सिंहले सन्तानको दीर्घायु, सुख, समृद्धि र कल्याणको लागि यो पर्व मनाइने बताए । घरमा आमाहरू व्रत बस्ने र आफ्नो सन्तानको राम्रो स्वास्थ्य तथा जीवनको कामना गर्ने उनले बताए । पर्वबारे प्रकाश पार्दै उनले जीउतवाहन भगवान (गरुडका रूप) को पूजा गरिन्छ । गरुडले आफ्नो भक्तलाई विपत्तिबाट रक्षा गर्ने विश्वास छ, र यसै कारणले गर्दा यो पर्वलाई “जीतिया“ भनिएको उनले बताए।सामूहिक रूपमा महिलाहरू व्रत बस्ने, पूजा–अर्चना गर्ने प्रचलन रहेको छ । यसले सामाजिक एकता र आपसी मेलमिलापलाई प्रोत्साहन गर्ने विश्वास गरिन्छ ।

व्रतको समापनमा महिलाहरू पूजा गरेर प्रसाद ग्रहण गर्छन्। व्रत तोड्दा परम्परागत मैथिली परिकारहरू खाइन्छ, जसले धार्मिक र सांस्कृतिक महत्त्वलाई अझ बढी प्रकट गर्छ । रुपन्देहीमा छरिएर रहेका मैथिल समुदायलाई संस्थागत गरि १८ वर्ष स्थापना गरेर भाषा संस्कृति र सामाजिक कार्य गर्दै आएको उनले बताए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै भैरहवा मैथिल समाजका अध्यक्ष अमरकान्त झाले सबै जातजातिहरूको समाजको महत्त्व रहेको भन्दै जीतिया पर्वको महत्वलाई प्रकाश पार्दै यस क्षेत्रमा बसोबास गर्ने मैथिल भाषीहरूको एउटा आफ्नै सभाहलकाे खाँचाे रहेकाे औलाए । उनले यस क्षेत्रमा रहेका मैथिल भाषीहरूकाे पहलमा सबैकाे साथ र सहयाेग रहे निकट भविश्यमा आफ्नै सभाहलमा कार्यक्रम गर्ने बताए ।

कार्यक्रममा समाजका सल्लाहकार तथा बटवल नगरपालिका बार्ड न.०३ का वार्ड सदस्य हरीनारायण मिश्राले नेपाल सबै धर्म, संस्कृतिमा धनि देश भएको बताउदै मैथिल समाजबाट गरीएकाे यस्ता कार्यक्रमले आफ्नाे संस्कृितकाे जगेर्ना गर्न महत्वपूर्ण हुने बताए । उनले यस्ता खालका कार्यक्रमले पछिल्लाे पुस्तालाइ समेत आफ्नाे संस्कृितकाे जगेर्ना गर्न प्राेत्साहन पुग्ने बताए । कार्यक्रममा समाजले समाजका जेष्ठ नागरीकहरूलाइ सम्मान् समेत गरेकाे थियाे ।

कार्यक्रममा नेपाल तराई विद्यार्थी ग्रुपबाट मैथिल नृत्य तथा गायन समेत प्रस्तुत गरिएको समाजका सचिव मनोज कुमार मण्डलले बताए । हाल रुपन्देहीमा विभिन्न पेशा ब्यवसायमा आवध्द मैथिल समुदायका ५ सय घरपरिवार रहेका छन् । कार्यक्रम मैिथल समाज नेपाल रूपन्देहीका काेषाध्यक्ष श्रवणकुमार शाहकाे संयाेजकत्वमा सम्पन्न भएकाे थियाे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित