युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

शिक्षक कर्मचारीलाई कम्प्यूटर तालिम

तिलोत्तमा । नेपाल शिक्षक संघ तिलोत्तमा नगर कार्य समितिद्वारा आयोजित कम्प्यूटर तालिम सकिएको छ ।

तालिममा सहभागीता जनाउन इच्छुकहरु मध्येबाट छनौटमा परेका २० जना शिक्षक कर्मचारीहरुलाई १० दिने तालिम सञ्चालन गरिएको थियो । शान्ति नमुना मा.वि.को प्राविधिक सहयोगमा भएको तालिमको सहजिकरण संघका उपाध्यक्ष अमर डि.सी.ले गरेका थिए ।

संघका नगर अध्यक्ष प्रचण्ड जि.सी.को अध्यक्षतामा भएको तालिम समापन समारोहमा बोल्दै नेपाल शिक्षक संघका केन्द्रीय सदस्य कुलप्रसाद लामिछानेले परिवर्तित समयमा प्रविधिमैत्री तरिकाले बालबालिकाको सिकाई उपलब्धि बढाउन सकिने भन्दै यसलाई हरेक शिक्षण क्रियाकलापको विकल्प भने बनाउन नहुने बताए ।

संघका नगर सचिव दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा संघका जिल्ला अध्यक्ष रुप कुमार रायमाझी, संघका तिलोत्तमाका पूर्व अध्यक्ष खेमराज पाण्डेय, तालिम संयोजक खेमानन्द चापागाई, प्रशिक्षार्थी जमुना रिजालले प्रविधिमैत्री सिकाईका सन्दर्भमा आआफ्नो अनुभव राखेका थिए ।

संघले शिक्षकहरुको क्षमता अभिवृद्धि गर्नका लागि दशै तिहारको बिदा पछि उद्घोषण तालिम लगायतका कार्यक्रम गर्ने जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित