तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

संविधान दिवसको अवसरमा भनभने–गुल्मी सम्पर्क समाजको रक्तदान

बुटवल । भनभने–गुल्मी सम्पर्क समाज रुपन्देहीले बिगतको बर्ष जस्तै यस बर्ष पनि संविधान  दिवसको अवसरमा  रक्तदान कार्यक्रम गरेको छ ।

सेवा भावका उदेश्यले स्थापना भएको समाजले  नेपाल रेडक्रस सोसाईटी, रक्त सन्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।रक्त सन्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ६५ युनिट रगत संकलन भएको संयोजक मिलन पन्थीले बताए ।

समाजका अध्यक्ष बिष्णु घिमिरेले  गुल्मीको भनभनेबाट रुपन्देहीमा आएर बिभिन्न पेशा ब्यवसायमा आबद्ध ब्यक्तिहरुलाई गोलबद्ध भइ सामाजिक कार्यमा अग्रसर गराउने उदेश्यका साथ यो खालको कार्यक्रम गर्ने गरेको उनले बताए ।

स्थापना कालदेखि बिभिन्न सामाजिक काममा सक्रिय समाजले बिगतमा धार्मिक, ऐतिहासिक, भौगोलिक बिशेषता हरुलाइ समेटेर भनभनेको महिमा पुस्तक समेत प्रकाशन गरेको र  बिभिन्न सेवामुलक कार्यक्रम गर्ने गरेको  उपाध्यक्ष प्रकास पन्थीले बताए । बिष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन महासचिव पदम जिसिले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित