तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनियो, मुख्य सुरुङ आउंदो मंसीर सम्म छेड्ने लक्ष्य

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत निमार्णधीन सिद्धबाबा सुरुङमार्ग ५४५ मिटर खनिएको छ । कूल १ हजार १२६ मिटर लामो सुरुङमा दुवैतर्फबाट गरी ५४५।५७ मिटर छेडिएको हो । योसंगै करिब सुरुङको आधा भाग खन्ने काम सकिएको हो ।

उत्तरतर्फबाट २३७।८० र दक्षिणतर्फबाट ३०७।७७ मिटर खनिएको सिद्धबाबा सुरुङमार्ग आयोजनाले जनाएको छ ।

सुरुङमार्गका तीनवटा बाइपास रहेका छन । जसमा पहिलो बाइपास १३७, दोस्रो ११७ र तेस्रो १२३ मिटर खनिएको छ । बाइपास पहिलो १५१ मिटर, बाइपास दोस्रो १६१ मिटर र बाइपास तेस्रो १३० मिटर लामो हुनेछ ।

आयोजनाको कूल भौतिक प्रगति २२।८५ प्रतिशत रहँदा वित्तीय प्रगति २६।४ प्रतिशत रहेको आयोजनाले जनाएको छ । गत जेठ १३ देखि ब्लास्टिङ गरी सुरुङ खन्न थालिएको थियो ।

सुरुङमार्गमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर चौबीसै घण्टा काम भइरहेको छ । ब्लास्टिङ गर्न थालेपछि तीव्र रुपमा काम अघि बढेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिईन ।

तीनवटा बाइपासमध्ये एउटा छेडिएको र एउटा अबको १० दिनभित्र छेडिने उनको भनाई छ । मुख्य सुरुङ आउंदो मंसीर सम्म छेड्ने लक्ष्य रहेको उनले बताईन । बिस्फोट गर्ने समयमा सीमित अवधिका लागि मात्र सवारी आवगमन बन्द हुने गरेको छ ।

कुनै समस्या नआए अबको ३ महिनाभित्र सुरुङको ब्रेक थु्र गर्ने आयोजनाको तयारी छ । सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबासम्म झण्डै ४ किलोमिटर सडक क्षेत्र उच्च पहिरोको जोखिममा छ । जसले गर्दा यात्रुलाई जहिलेसुकै खतरापूर्ण छ ।

यही क्षेत्रमा वर्षायाममा पहिरो झरिरहने समस्या छ । भीर र अग्लो चट्टानी क्षेत्र भएकाले हिउंदमा समेत सुख्खा पहिरोको उत्तिकै जोखिम हुन्छ । बाह्रै महिना पहिरो झर्ने यो ठाउंलाई सुरक्षित बनाउन ४ माघ २०८० बाट सुरुङ खन्ने काम औपचारिक रुपमा शुरू भएको थियो ।

सरकारले सिद्धबाबा सुरुङमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएर काम गरिरहेको छ । यो आयोजना निर्माणको काम चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन (सीएससीईसी)ले गरिरहेको छ । यो आयोजनाको २०७८ साल फागुनमा सीएससीईसीसंग ७ अर्ब ३४ करोड २१ लाख रुपैयांमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । यसको निर्माणपछि समेत सोही कम्पनीले पाँच वर्षसम्म मर्मतको काम गरिदिनुपर्ने शर्त छ ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित